site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महामारीमा किन सजिलै फैलन्छ भ्रम ? 

सजिलो खोज्नु मानिसको जन्मजात प्रवृत्ति हो । हामीलाई हिँड्न गाह्रो नभएको भए गुड्ने गाडी बन्दैन थियो होला । त्यस्तै गुड्न गाह्रो नभएको भए हवाइजहाजको आविष्कार नै हुदैन थियो होला । यसरी नै सजिलोको खोजीमा बिजुली, सूचनाप्रविधि, स्वास्थ्य र शिक्षा प्रणाली, कृषि, अर्थ व्यवस्थालगायतको आविष्कार भएको हो । विज्ञान र यस्ता आविष्कारहरु कालान्तरमा युग परिवर्तनकारी भएका छन् । 

भौतिक सुविधासँगै मानिसले ’मानसिक सहजता’ पनि खोज्ने गर्छ । यही  खोजीका क्रममा साहित्य सृजना भएका छन् । गीत, संगित, चलचित्र, धर्म, अध्यात्म, आस्था, साधना सबै नै मानसिक सुविधाको खोजीका परिणाम हुन् । 

प्रत्येक अनिश्चिततामा मानिसमा एक खालको ’मानसिक बेचैनी’ उत्पन्न हुन्छ । कतिपय अवस्थामा विज्ञानले त्यस अनिश्चितताको जवाफ खोजेर सहज बनाउँछ भने कहिले विभिन्न सामाजिक मूल्यमान्यता, धर्मसंस्कृति तथा अध्यात्मले सहज गराउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

परन्तु अनिश्चितताले विकराल रूप लिँदा विज्ञानसँग यस्ता प्रश्नहरुको ठोस उत्तर भएन, सामाजिक मूल्य मान्यता र राजनीतिक व्यवस्थाले अनिश्चितताको उत्तर दिन सकेन भने अड्कलवाजी वा भ्रमको प्रचार सुरु हुन्छ । अनिश्चितताको मौका छोपी आफ्ना व्यक्तिगत भ्रमलाई मानसिक बेचैनी भोगिरहेको व्यक्तिका मनमा स्थापित गराई सन्तोष दिलाउन खोज्ने अभ्यासलाई षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) वा ’भ्रामक दाबी’ भनिन्छ । त्यस्ता व्यक्तिगत विचारको निर्माण सत्यमा नभई भिडको चाहना हेरेर हुने गर्छ । यसरी मानिसहरुको चाहना वा भावनालाई नै सिधा सम्बोधन गर्ने विचार समाजमा चाँडै लोकप्रिय पनि हुन्छ । कोभिड — १९ को महामारीका सम्बन्धमा अहिले विश्वभरी फैलिएका भ्रमहरू यसका उदाहरण हुन् । 

१. जनसाधारणको चाहना 

Global Ime bank

यो कोभिड — १९ रोग कस्तो हो ? विदेशमा धेरै मान्छे मरेको सुनिएको छ हामीलाई पनि मार्ने पो हो कि ? औषधि पनि छैन । मास्क, स्यानिटाइजर, सामाजिक दूरी कायम गर्ने गरिरहन धेरै गाह्रो भइसक्यो । अर्कातर्फ बन्दाबन्दी छ । व्यापार व्यवसाय धराशायी भइसकेको छ । यो महामारीले अझ झन कति विनाश गर्ने हो ? बरु यो महामारी एक काल्पनिक कुरा वा झुटो भइदिए कति राम्रो हुन्थ्यो । 

२. विज्ञानको चिन्ता 

यो महामारी गराउने भाइरस ’नोबेल कोरोना सार्स कोभ २ ’ का बारेमा विस्तृत अध्ययन भइसकेको छैन । यसले अझ कति समय महामारीको रूप लिन्छ ? कति कडा छ ? यसको औषधि कहिले बन्छ ? भ्याक्सिन कहिले बन्छ ? यो कहिले निर्मूल हुन्छ ? लगायतका कठिन प्रश्नको स्पष्ट उत्तर विज्ञानसँग हालसम्म छैन । तथ्यहरू उजागर नहुन्जेल विज्ञानले झुटो आश्वासन दिँदैन । यस अवस्थामा विज्ञानले संक्रमणबाट जोगिन सावधानीका उपाय अवलम्बन गर्न आग्रह गर्नेमात्र हो । यस अवस्थामा विज्ञानले हात धुन, मास्क लगाउन, भौतिक दूरी कायम गर्न  र रोगबाट जोगिन सल्लाह दिनेमात्र हो।

३. व्यक्तिगत विचार स्थापित गराउन खोज्नेहरू 

यस्तो अनिश्चिततामा मानिसहरुको चरम बेचैनीको आकलन गरी केही व्यक्तिले विज्ञानले नै उत्तर दिन नसकेका विषयलाई मनोगतरूपमा ठोकुवाका साथ प्रस्तुत गर्नेगरेका छन् । महामारीको संक्रमणबाट आतंकित जनतालाई कोरोना भनेको केही होइन रहेनछ, खासमा वैज्ञानिकहरूले विशेषगरी विश्व स्वास्थ्य संगठनले व्यापार गर्न रचेको खेल रहेछ, खासै मान्छे पनि मरेका रहेनछन्, त्यसै लकडाउन गरिएको रहेछ, त्रासमात्र फैलाइएको रहेछ, हामीलाई यो कोरोनाले केही गर्दैन, मास्क, स्यानिटाइजर, सामाजिक दूरी आदि केही पनि चाहिँदैन भनेर अपुष्ट र आकर्षक भ्रम प्रस्तुत गरेर एक प्रकारको ’मानसिक सान्त्वना’ दिन खोजिएको छ । अझ त्यस्ता तर्कलाई जीवन्त तुल्याउन विगतमा पनि शक्तिशाली वा धनी देखिएका व्यक्ति वा निकायलाई खलनायक बनाई भ्रमलाई “हो कि क्या हो “ जस्तो बनाउने गरिएको छ ।  यस्ता कर्णप्रिय  र  आकर्षक तर्क सुनेपछि मानिसहरु पक्कै पनि त्यो ’मानसिक सान्त्वना’ दिलाउने व्यक्तिको पछाडि लाग्ने गर्छन् । यो सबै ‘सान्त्वना’ खोज्ने मानवीय प्रवृत्तिले गर्दा भएको हो । 

विज्ञानले स्पष्ट जवाफ दिन नसकेर उत्पन्न भएको मानिसको यस्तो मानसिकता समातेर आफू लोकप्रिय हुन तथ्यहीन र कर्णप्रिय तर्क दिएर एक प्रकारको मानसिक सन्तुष्टि प्रदान गर्ने काम विभिन्न व्यक्ति वा समूहका अभियन्ताले गरिरहेका छन् । 

कर्णप्रिय नाराको व्यापार 

महामारीमा सामानको मात्र कालोबजारी भएको छैन ’तथ्यहीन तर्कको’ पनि व्यापक कालोबजारी भएको छ । विभिन्न सामाजिक संजालमा दर्शक बढ्ने र कमाइ हुने लोभमा जस्तो पनि समाग्रि प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ । मानसिक तनावमा रहेका मानिसलाई ’स्वतन्त्र पुष्टि हुन नसकेको तथ्यहीन भ्रम’ सही र विज्ञानसममत हो  भन्ने तर विज्ञानले भनेको हात धुने, मास्क लगाउने, दूरी कायम गर्ने जस्ता कुरा सब झुट हुन् भनेर भ्रम सार्वजनिकरूपमा भ्रम फैलाउनु गलत हो । यसको परिणाम ज्यादै नराम्रो हुन सक्छ । यस्ता कुर्तकले विज्ञान भनेको भ्रममात्र हो, व्यापार प्रयोजनका लागि मात्र हो भन्ने मानसिकता बढाएर समुदाय र स्वास्थ्यकर्मीहरुबीच धेरै ठूलो खाडलको सृजना गराउने निश्चित छ ।

भविष्यमा स्वास्थ्य क्षेत्रप्रति नै समाजको नकारात्मक दृष्टि उत्पन्न हुने जोखिमसमेत उत्पन्न हुनसक्छ । प्रशासन संयन्त्र र राजनीतिक अकर्मण्यताका कारण बढिरहेको स्वास्थ्य समस्या, लकडाउनको समस्या वा आर्थिक सामाजिक समस्यालाई स्वास्थ्य विज्ञान वा स्वास्थ्यकर्मीहरूप्रति जोडेर नकारात्मक असर पर्ने गरी प्रचार हुनु, स्वास्थ्य क्षेत्रमा कहिल्यै नलागेको मानिसले आधुनिक चिकित्सा विज्ञान नै काम नलाग्नेछ भन्ने जस्ता बहसहरु हुनु सामाजिक हिसाबले राम्रा बहस नहुन सक्छन । यसमा केही गम्भीर हुनु जरूरी छ । 

महामारीको बेलामा राजनीतिक शक्तिका आडमा अनुचित फाइदा उठाउने जमातको विरुद्ध चलाइने अभियान एउटा पक्ष हो । तर, यस्ता भ्रष्टाचारजन्य कुकार्यलाई विज्ञानसँग जोडेर विज्ञान नै गलत हो, रोगले केही पनि गर्दैन, रोगबाट जोगिने सावधानीको उपाय नै अवलम्बन गर्नु हँुदैन, यो विज्ञानलाई शिरोधार्य गर्ने स्वास्थ्यकर्मी व्यापरी हुन्, कसैको गोटी हुन् भन्नेजस्ता भ्रम समाजमा स्थापित गराउनु एकदम हानीकारक हुन सक्छ । यसले न समाजलाई फाइदा पुग्छ न महामारीको भूमरीमा फसेका जनतालाई । तसर्थ, कर्णप्रिय तर तथ्यहीन कुरा अर्थात् भ्रमको पछि लाग्नुभन्दा पहिला त्यस्ता कुराले निम्त्याउन सक्ने भयावह स्थितिका बारेमा पनि सजग भई सबै पक्षले विज्ञानमा भर परेर महामारीको जालो अन्त्य गर्ने प्रयास गर्नु आवश्यक छ । 

(सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत) 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC