site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतको सबैभन्दा ठूलो बैंक 'एचएसबीसी' अवैध धन सार्न संलग्‍न रहेको खुलासा
Sarbottam CementSarbottam Cement

लन्डन । एचएसबीसी  बैंकले घोटालाबारे खुलासा भएको थाहा पाए पनि उक्त कार्यमा संलग्‍न रहेकाहरूलाई विश्वभर लाखौं डलर पठाउन दिएको पाइएको छ । बेलायतको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङकङस्थित खातामा रकम ट्रान्सफर गरेको थियो । 

एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण बैंकहरूको "सस्पिसियस एक्टिभिटी रिपोर्टस" अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई 'फिनसेन फाइल्स' भनिएको छ । एचएसबीसीले भने त्यस्ता गतिविधिबारे जानकारी गराउने विषयमा सधैं आफ्नो कर्तव्य पुरा गरेको बताएको छ ।

अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा बैंकलाई १.९ अर्व अमेरिकी डलर जरिवाना गरिए लगत्तै पछिल्लो घोटालासम्बन्धी गतिविधि सुरु भएको बताइएको छ । बैंकले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो ।

Global Ime bank

घोटालामा ठगिएकाहरूका वकिलहरूले त्यस्ता खाता बन्द गर्न बैंकले समयमै पहल गर्नुपर्ने थियो भनेका छन् । फिन्सेन फाइल्स दुई हजार ६५७ दस्तावेजबारे खुलासा हो । जसमा दुई हजार १०० शंकास्पद गतिविधि वा 'सस्पिसियस एक्टीभीटी रिपोर्टस' उल्लेख छ ।

'सस्पिसियस एक्टीभीटी रिपोर्टस' आफैमा गलत कार्यको प्रमाण भने होइन । बैंकहरूले आफ्ना ग्राहकबारे शंका गरेको खण्डमा ती दस्तावेज नियमनकारी निकायहरूलाई पठाउने गर्छन् ।

उनीहरूसँग आपराधिक गतिविधिबारे प्रमाण भए रकम कारोबारमा रोक लगाउनुपर्ने हुन्छ । उक्त खुलासाले विश्वका सबैभन्दा ठूला केही बैंकहरूबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC