site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीले किन भेटाउन सक्दैन रामबहादुर बम्जनलाई ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर छ । तर उनी पक्राउ भने परेका छैनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष ब्युरो, सिन्धुली प्रहरी र सिन्धुपाल्चोक प्रहरीले समेत उनको खोजी कार्य जारी राखेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सर्लाहीले असारमा बालबालिकासम्बन्धी ऐन, ०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो । जसमा बम्जनसहित तीन जनालाई प्रतिवादी बनाइएको छ ।

जसमा मुख्य प्रतिवादी रामबहादुर बम्जन नै छन् भने उनलाई सघाएको आरोपमा आश्रम प्रमुख ज्ञानबहादुर बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ छन् । बम्जनलाई १४ वर्षसम्म र अरु दुई जनालाई त्यसको आधा सजायको मागदाबी छ । पटक-पटक प्रहरीले बम्जनको आश्रममा छापा मारे पनि उनलाई फेला पार्न सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म तीनैजना फरार छन् । बम्जनले ०७३ साउन २० मा आश्रममै आएकी आनीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ०७६ माघमा उजुरी परेको थियो ।

असारमै केन्द्रीय अनुसन्धान ब्युरोलगायतको प्रहरीको विशेष टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ८, पैरेस्थित बम्जनको आश्रम सिल गरेर छापा मारेको थियो । झन्डै १० घण्टा लामो प्रहरी अपरेसनमा पनि भेटिएनन् ।

Global Ime bank

एक प्रहरी अधिकारी भन्छन्, “प्रारम्भिक अनुसन्धानमा बम्जन सिन्धुलीकै त्यही आश्रम रहेको जंगलमै लुकेका छन् ।  घना जंगल भएकाले सहज रुपमा ‘सर्च’ गर्न सजिलो छैन । उनले ठाउँ-ठाउँमा सूचना दिने सुराकी राखेका छन् । त्यसैले हामी अगाडि बढ्दा बमजनले त्यो सूचना पाउँछन र आफूलाई सुरक्षित बनाउँछन् ।”

गत माघ २३ गते बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको थियो  । बम्जनको सिन्धुपाल्चोक आश्रममा पनि प्रहरीले छापा मारेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कै टोलीले  सिन्धुपाल्चोकस्थित आश्रममा पनि खानतलासी गरेको थियो ।  सो क्रममा बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू फेला परेका थिए ।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया तामाङको हत्या गरेको आरोप पनि लाग्दै आएको छ । बम्जनका समर्थकहरुले भने आरोप अस्वीकार गर्दै आएका छन् । पक्राउ पुर्जी जारी भएयता बम्जन देखिएका छैनन् ।

बम्जनको आश्रम रहेको सिन्धुलीको जंगलमा अत्याधुनिक भवनसमेत छन् । जिम हाउस पनि छ । बम्जन सोही जंगलमै लुकेको दाबी प्रहरी अधिकारीको छ ।

बम्जनले ठाउँ-ठाउँमा सेन्ट्री पोस्ट निर्माण गरेका छन् । जसले नयाँ मान्छे वा प्रहरी आश्रम क्षेत्रमा प्रवेश गर्दा भित्र सूचना प्रवाह गर्छन् । झन्डै ३५ बिघा क्षेत्रको घना जंगलमा बम्जनको आश्रम फैलिएको प्रहरीको दाबी छ ।

प्रहरीले बम्जनको आश्रम जंगलबाट हटाउनसमेत सुझाव दिएको छ । अदालतमा मुद्दा दर्ता भएपछि बम्जन अदालतमा उपस्थित हुने प्रहरी अनुमान थियो । तर उनी अदालतमा समेत उपस्थित नभएपछि प्रहरीले बम्जनविरुद्ध खोजी अभियान जारी राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC