site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अमेरिकामा टिकटक र वीच्याट पूर्णरुपमा बन्द हुने
Sarbottam CementSarbottam Cement

बीबीसी । आइतबारदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो । 

ट्रम्प प्रशासनका अनुसार यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिन सक्छन् र राष्ट्रिय सुरक्षालाई पनि जोखिममा पारिरहेका छन् जसकारण नै यसमाथि प्रतिबन्ध लगाउनुपरेको हो ।  यता चीन र यी दुईवटै कम्पनीले अमेरिकाको सो आरोप गलत ठहर गरिरहेका छन् । आइतबारदेखि वीच्याट, मेसेजिङ एप पूर्ण रुपमा बन्द हुनेछ भने टिकटक चाहिँ नयाँ अपडेट डाउनलोड नगरि नोभेम्बर १२ सम्म चलाउन सकिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पले टिकटकलाई नोभेम्बरसम्मको अन्तिम समय दिएका हुन् ।  टिकटकले यो विषयमा  अमेरिकी वाणिज्य विभागसँग निराश भएको प्रतिक्रिया दिएको छ र सुरक्षा सम्बन्धी ट्रम्प प्रशासनको चिन्तालाई ध्यानमा राख्दै कम्पनीको पारदर्शीता बढाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ ।  वीच्याट एपको मालिक टेनसेन्ट कम्पनीले पनि उक्त प्रतिबन्ध दुर्भाग्यवश् भएको र समस्याको दीर्घकालीन समाधानसम्म पुग्न अमेरिकी सरकारसँग छलफल जारी राख्ने बताएको हो । 

गत अगस्टमा ट्रम्पले अमेरिकाका सबै व्यवसायलाई चिनियाँ कम्पनीसँगको काम बन्द गर्न ४५ दिनको अन्तिम म्याद दिँदै कानुनी आदेश जारी गराएका थिए ।  यसैकारण वाणिज्य वभागले सो निर्देशनको पालन गर्दै आइतबारदेखि नै दुवै कम्पनी अमेरिकामा सञ्चालन हुनबाट रोक्ने निर्णय गर्नुपरेको हो । 

Global Ime bank

तर हाल योजनाबद्ध रहेको टिकटक र अमेरिकी प्राविधिक कम्पनी ओरेकल बीचको ‘पार्टनरशीप’ लाई ट्रम्पले स्वीकृति दिन सहमत हुने हो भने टिकटक प्रतिबन्धित हुनेछैन । नोभेम्बरसम्म टिकटकले अमेरिकी सरकारको सुरक्षा सम्बन्धी समस्या समाधान गर्न सक्ने हो भने टिकटक हटाउनुपर्ने आवश्यकता नहुने ट्रम्पले यसअघि बताएका थिए । शुक्रबार सञ्चारर्मीहरुसँग बोल्दै उनले भनेका हुन्, “टिकटकसँग छिटै सम्झौता हुने मेरो विश्वास छ तर त्यसका लागि अमेरिकालाई चीनबाट सुरक्षित राख्नुपर्ने हुन्छ ।  टिकटक वास्तवमै सफल कम्पनी हो र एकदमै धेरै लोकप्रिय छ । यसैले अमेरिकाले खोजेको सुरक्षा मार्फत सायद हामीले यसलाई नहटाएर धेरै मान्छेलाई खुसी पार्न सक्नेछौँ भन्ने मलाई आशा छ । ” 

वीच्याट मार्फत फोन गर्न, म्यासेज गर्न, मोबाइल पेमेन्ट लगायत सम्पूर्ण स्थानीय सेवाहरु प्रयोग गर्न सकिने हुँदा यसलाई चीनमा सबै कुरा एउटैमा भएको एप भनेर पनि चिनिन्छ । चीनमा मात्र नभइ बाहिर पनि यसलाई अत्यन्तै धेरै मानिसहरुले चलाउने गरेका थिए ।  वीच्याटका मासिक एक अर्ब भन्दा बढी प्रयोगकर्ताहरु रहेको कम्पनीले जनाएको छ ।  

तर यसअघि राजनीतिक विवादका कारण भारतले पनि वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाएको थियो र बेलायतको सूचना विभाग कार्यालयले पनि टिकटकको डाटा प्रयोग माथि अनुसन्धान गरिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC