site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाभाइरसले मान्छेको ठाउँमा रोबोट कामदारको प्रयोग बढाउन सक्ने
Ghorahi CementGhorahi Cement

बीबीसी । विश्व महामारीका बेला मान्छेहरु पहिले नै त्रासमा बाँचिरहँदा यसले हाम्रो जीवनमा अर्को ठूलो परिवर्तन ल्याउन सक्नेबारे पनि धेरैको चिन्ता छ । जस्तै विश्वविद्हरुले कोरोना भाइरसको प्रकोप सकिएपछि धेरै जागिरहरुबाट मान्छेलाई प्रतिस्थापन गराइ रोबोटको प्रयोगमा जोड दिन थालिने बताइरहेका छन् । 

विश्लेषक मार्टिन फोर्डका अनुसार कोभिड–१९ ले मानव अन्र्तक्रियाको चाहानामा धेरै ठूलो परिवर्तन ल्याएको छ । त्यसैले पनि आगामी दिनहरुमा अटोमेटिक डिभाइसका लागि थुप्रै नयाँ अवसरहरु सिर्जना हुने र उपभोक्ताले पनि त्यसैलाई समर्थन गर्ने अधिक सम्भावना रहेको उनले बताए । अहिले नै विभिन्न साना ठुला कम्पनीहरुले सामाजिक दुरीकरणको नियम पालन गर्ने हिसाबले रोबोटको प्रयोग व्यापक बनाइरहेका छन् भने अर्कोतर्फ मानव स्टाफको सङ्ख्या कम गराउन थालेका हुन् । 

Agni Group

यसमा पनि विशेषगरी मान्छेले घरमा बसेर गर्न नसक्ने काममा रोबोटको भूमिका वृद्धि भइरहेको छ । जस्तै अमेरिकाको सबैभन्दा ठूलो रिटेलर, वालमार्टले अहिले भुइँ सफा गर्ने लगायतका काममा रोबोटको प्रयोग गरिरहेको छ । यता दक्षिण कोरियामा पनि स्यानिटाइजर दिन र तापक्रम मापन गर्ने काम रोबोटलाई नै दिइएको छ । यसरी स्वास्थ्यविद्हरुले सामाजिक दुरीकरण अबको एक वर्षसम्म जारी राखिरहन चेतावनी दिँदै गर्दा यस्ता रोबोटको माग उच्च हुने निश्चित छ । 

अहिले विशेषगरी स्याटिनाइजर र सरसफाइका सामग्री उत्पादन गर्ने कम्पनीहरुमा ठूलो स्तरले माग वृद्धि भइरहेको छ । यसबीच अल्ट्राभोइलेट विकिरणको माध्यमबाट किटाणुहरु नाश गर्न सक्ने रोबोटको निर्माणकर्ता ः डेनिस कम्पनी, ‘युभिडी रोबोट्स’ ले चीन र युरोपका अस्पतालहरुलाई भनेर सयौँका सङ्ख्यामा रोबोटहरु निर्यात गरेको हो । त्यस्तै पसल, रेस्टुरेन्टबाट डेलिभरि गराउनमा पनि मसिनको अधिक प्रयोग भइरहेको छ । यस्तोमा लकडाउनपछि व्यवसायहरु बिस्तारै खुल्दै जाँदा हामीले साधारण कामकाजका निम्ति प्रविधिको अत्याधिक प्रयोग देख्न सक्नेछौँ । जस्तै स्कुल, कलेजहरुमा रोबोटले सरसफाइ गरिरहेको दृश्य सामान्य बन्दै जान सक्छ । 

Global Ime bank

‘द कस्टुमर अफ द फ्युचर’ का लेखक ब्लेक मोर्गनले भनेका छन्, “उपभोक्तहरु पनि अहिले आफ्नो सुरक्षा र स्वास्थ्यबारे धेरै ख्याल गर्ने हुँदा जुन कम्पनीले स्वस्थ नीतिलाई बढावा दिन्छ उनीहरु त्यसैको समर्थक हुनेछन् जसले स्वभाविक रुपमा अटोमेटिक मसिनहरुको प्रयोगलाई प्रोत्साहित गर्छ । 

यसैगरी खाद्यसेवा प्रदान गर्नेहरुमाझ पनि स्वास्थ्य सम्बन्धी चिन्ताका कारण रोबोटको प्रयोग बढ्ने प्रबल सम्भावना छ । फास्टफुडका चेन जस्तै मेक डोनल्डसले पछिल्लो समय रोबोट ‘कुक’ हरुको परीक्षण गरिरहेको छ । अमेजोन र वालमार्टले त कामको प्रभावकारीता बढाउन धेरै अगाडिदेखि रोबोट प्रयोगमा ल्याएका हुन् । र कोभिड–१९ ले सो प्रवृत्तिलाई झन बढावा दिएको छ । 

यसरी कुनैपनि कम्पनीले आफ्नो कामदार हटाएर उसलाई रोबोटले प्रतिस्थापन गरिसकेपछि सो व्यक्तिलाई पुनः रोजगार दिने सम्भावना कम हुन जान्छ । किनकी सुरुवातमा रोबोट महङ्गो र झन्झटपूर्ण लागेपनि काम गर्न थालिसकेपछि भने मानव कर्मचारी भन्दा धेरै गुणा प्रभावकारी र सस्तो साबित हुन्छन् । मार्टिन फोर्डका अनुसार कोभिड–१९ का कारण रोबोटहरुले धेरै हिसाबमा मार्केटिङ प्रवृत्तिमा पनि बदलाव ल्याउन सक्नेछ । उदाहरणका लागि उपभोक्ताहरु अब धेरै मान्छे होइन,  धेरै रोबोट कामदारहरु भएको स्थलमा किनमेल गर्न जानेछन् जसमा जोखिम कम हुनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  ०५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC