site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । अमेरिकी राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्पले अर्का उमेदवार हिलारी क्लिन्टनलाई बन्दुक समर्थकहरूले चाहेमा तह लगाउन सक्ने टिप्पणी गरेर नयाँ विवाद निम्त्याएका छन् । मंगलबार एउटा चुनावी सभामा बोल्दै ट्रम्पले क्लिन्टनले उदार न्यायाधीशहरू नियुक्त गर्ने मौका पाइन् भने हतियारधारण गर्ने स्वतन्त्रताका पक्षधरहरूले केही गर्न नसक्ने भन्दै क्लिन्टनलाई रोक्न भनेको रोयटरले जनाएको छ ।
क्लिन्टनको निर्वाचन अभियानका तर्फबाट अमेरिकाको राष्ट्रपति हुन चाहने व्यक्तिले हिंसालाई दुरूच्साहित गर्न नहुने भन्ने ट्रम्पको भनाइलाई 'खतरनाक' भनेर प्रतिक्रिया व्यक्त गरिएको छ । 
ट्रम्पको निर्वाचन अभियानका तर्फबाट दिइएको स्पष्टीकरणमा उनले दोस्रो संशोधनका पक्षधरहरूलाई एकत्रित हुन र क्लिन्टनविरुद्ध लाग्न आह्वान गरेको बताइएको छ । अमेरिकाको संविधानमा भएको दोस्रो संशोधनले हतियार लिएर हिँडडुल गर्न पाउने स्वतन्त्रता सुनिश्चित गरेको छ । 
अमेरिकी सिनेटर एलिजावेथ वारेनले ट्रम्पलाई 'बिचरा कायर' भन्दै एक जना महिलाले हराउन लागेको सहन नसकेर ज्यान लिने धम्की दिएको भनेकी पनि रोयटरले जनाएको छ । 
नर्थ क्यारोलिनाको एउटा चुनावी सभामा न्यु योर्क पूर्व मेयर रूडी गुलियानीले भने ट्रम्पको भनाइ सन्दर्भबाहिर तोडमरोड गरेर सञ्चार माध्यमले क्लिन्टनको हतियारका रूपमा काम गरेको आरोप लगाएका छन् ।  
अमेरिकाको गुप्तचर संस्थाले यस्ता विषयमा सामान्यतः प्रतिक्रिया नजनाउने भए पनि ट्रम्पको यस भनाइप्रति 'ध्यानाकर्षण भएको' प्रतिक्रिया दिएको छ । गुप्तचर संस्था सीआईएमा पूर्व निर्देशक मायकल हेडेनले सीएनएनलाई लेखेको पत्रमा आफूले के भनियो त्यसमा मात्र हैन अरूले के सुन्छन् त्यसप्रति पनि जिम्मेवार हुनुपर्छ । उनी ट्रम्पको भनाइको विरोध गर्ने रिपब्लिकन पार्टी समर्थक ५० जना सुरक्षाविद्मध्येका एक भएको रोयटरले जनाएको छ ।
यसैबीच रोयटरको अर्को समाचारमा क्लिन्टन मंगलबार ट्रम्पभन्दा ७ प्रतिशतले अगाडि रहेको जनाइएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC