site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने   
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ ।  

भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने समितिका अध्यक्ष डा. संजिव सापकोटाले बताए । शुक्रबारदेखि सम्मेलनमा विश्व नेपाली घोषणा पत्रमाथि छलफल सुरु भएको छ । त्यस्तै विश्वमा महामारीका रुपमा फैलिएको (कोभिड १९)ले पारेका असर लगायत विषयमा चरणबद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेका छन् ।  

Agni Group

 सम्मेलनको अवसरमा विश्वमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुबीच अनुभवको आदानप्रदान, सचेतनाका कार्यक्रम, नेपाली किशोरकिशोरीहरुको अनुभव लगायत विषयमा कार्यक्रमहरु राखिएको छ । त्यस्तै आप्रवासी नेपालीहरुको स्वास्थ्य अबस्था, कोरोनाले मानसिक स्वास्थ्यमा परेको असर, यसबाट बच्ने उपाए लगायत विषयमा छलफल राखिएको छ ।‘ 

 गत वर्षको सेप्टेम्बर २०, २१ र २२ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । समितिका अध्यक्ष सापकोटाले प्रथम सम्मेलन आफैँमा एउटा अत्यन्त ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपनि उत्तिकै आवश्यक ठोर दोस्रो सम्मेलन सुरु गरिएको बताए ।  

Global Ime bank

कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट नै दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु गरिएको हो । उक्त सम्मेलनले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्नेछ ।  

३ दिनसम्म उक्त घोषणा पत्रमाथि छलफल गरिने । सबैका राय सुझाव समेटेर र आइतबार उक्त घोषणा पत्र जारी गरिने डा. सापकोटाले बताए । घोषणा पत्रमा आवश्यक कुराहरु पुन थप गर्न सकिने पनि उनले जानकारी दिए ।   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC