site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिट क्षमता अनुसार नै आन्तरिक उडान गर्न अनुमति, सोमबारदेखि उडान हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको हो ।

यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन् । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्‍चालन गर्न दिनु भन्‍ने आफूहरुले बुझेको एक उच्च अधिकारीले बताए । असोज ५ गते सोमबारदेखि आन्तरिक हवाई सेवा सुचारु हुने ती अधिकारीले बताए ।

व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए ।

Global Ime bank

सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC