बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
 बेलारुसका राष्ट्रपतिद्वारा पश्‍चिमी सीमा बन्द, सेनालाई उच्च सतर्कता अपनाउन निर्देशन 
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, असोज २, २०७७
Laxmi Bank
Laxmi Bank

मिनस्क । बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्‍न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएका छन् । त्यसैगरी उनले पश्‍चीमी सीमा पोल्‍यान्ड र लुथियानासँगको सीमानाका पनि बन्द गर्न निर्देशन दिएका छन् । 

पश्‍चिमा मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले बिहीबार यस्तो निर्णय गरेका हुन् । उनको यस्तो आरोपपछि अमेरिका र युरोपियन युनियले चर्को आलोचना गरेका छन् । 

Agani Group

अगस्त ९ मा भएको निर्वाचनमा राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले धाँधली गरेको भन्दै उनीहरुविरुद्ध प्रदर्शनहरु सुरु भएका हुन् । तर, निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहेका लुकाशेन्काले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको थियो ।

प्रदर्शनलाई दबाउन राष्ट्रपत लुकाशेन्काले प्रहरी परिचालन गर्न थालेपछि प्रदर्शन थप उग्र बन्दै गएको थियो ।

sarbottam cement

धाँधलीपूर्ण भनिएको निर्वाचनको नतिजा र विगतका प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपलाई लिएर बढ्दो आक्रोशकाबीच 'स्वतन्त्रताको निम्ति अभियान' भन्‍ने मूल नाराका साथ प्रदर्शनकारीहरु राजधानी मिन्स्कमा बृहत प्रदर्शनहरु भइरहेका छन् । 

लुकाशेन्को २६ वर्षदेखि शासन गरिरहेका छन् । विरोध प्रदर्शनलाई दबाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

लुकाशेन्कोले वुमन फोरमलाई सम्बोधन गर्दै भने, "सडकहरुबाट हामीले सेनालाई फिर्चा बोलाएका छौं । हामीले सनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएका छौं । त्यसैगरी लुथियाना र पोल्यान्डसँगको सीमानाका पनि बन्द गरेका छौं ।" 

उनले थपे, "म चाहन्‍न कि मेरो मुलुमा कुनै पनि किसिमको युद्ध होस् । म बेलारुस, पोल्यान्ड र लुथियानाबीच कुनै सैन्य तनाव सिर्जना नहोस् भन्‍ने चाहन्छु ।"  - अलजजिरा

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, असोज २, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्