site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अमेरिकी अधिकारीको ताइवान भ्रमणकै समयमा चीनको सैन्य अभ्यास 
Ghorahi CementGhorahi Cement

 वाशिङ्टन । अमेरिकी प्रतिनिधिको ताइवान भ्रमणकै समयमा चीनले 'ताइवान स्ट्रेट' मा सैन्य अभ्यास सुरु गर्ने भएको छ । बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धमा तनाव सिर्जना भएका बेला अमेरिकी अधिकारीको ताइवान भ्रमण हुन लागेको हो । यही समयमा चीनले लाइभ-फायर ड्रिल गर्ने भएको हो । 

चीनले स्वशासित ताइवानलाई 'ब्रेकवे प्रान्त'को रुपमा लिएको छ । दशकौंपछि पहिलो पटक अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी केथ क्राचले ताइवान भ्रमण गर्न लागेका हुन् । 

Agni Group

शुक्रबार चिनियाा रक्षा मन्त्रालयका प्रवक्ता रेन गुवाचिङले अमेरिका र ताइवानले 'सामूहिक तवरमा कदम चाल्दै बारम्बार समस्या सिर्जना गरिरहेको' आरोप लगाएका छन् । तर, उनले भ्रमणका विषयमा भने कही उल्लेख गरेका छैनन् । 

उनले पत्रकारसँग भने, "ताइवानलाई प्रयोग गरेर चीनलाई नियन्त्रणमामा लिने प्रयार अथवा विदेशीलाई प्रयोग गरेर आफू बलियो हुने ताइवानको चाहना रहेको देखिन्छ ।"

Global Ime bank

उनले थपे, "जो आगोसँग खेल्छ, त्यो अवश्य जल्छ ।"

प्रवक्ता रेनले सैन्य अभ्यासका बारेमा भने केही खुलाएनन् । उनले भने, "पिपुल्स लिब्रेसन आर्मीको अनिवार्य रुपमा चीनको स्वायत्तताको रक्षाका लागि वैधानिक रुपमा सैन्य अभ्यास गर्नुपर्छ ।" 

अमेरिकी विशेष प्रतिनिधि क्राच शनिबार पूर्व राष्ट्रपति लि तेङ-हुइको स्मृति सभाका उपस्थित हुन ताइवान प्रस्थान गर्दैछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC