site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पले भने– दुई तीन हप्तामै कोरोनाको खोप आउँछ !
Ghorahi CementGhorahi Cement

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना सम्बन्धी जानकारीमा आफ्नै प्रशासनका स्वास्थ्य प्रमुखको भनाइलाई खण्डन गर्दै दुई तीन हप्ता भित्रै खोप सबैका लागि उपलब्ध भइसक्ने बताएका हुन् । उनले संक्रमणबाट जोगिन लगाउने मास्क र खोप बजारमा आउने समयबारे, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सिडीसीका प्रमुख डाक्टर रोबर्ट रेडफिल्ड भन्दा फरक वक्तव्य दिँदै नयाँ विवाद सुरु गरेका हुन् । 

यसमा ट्रम्पले आफू सहि भएको र डाक्टर रोबर्ट चाहिँ ‘झुक्किएको’ समेत बताएका छन् ।  

खोपका बारेमा ट्रम्प प्रशासनलाई नहतारिन स्वास्थ्यविद्हरुले पटकपटक आग्रह गरिरहे पनि ट्रम्पले संचारकर्मीहरुसँग बोल्दै भनेका हुन्, “तपाईँहरु सत्य जान्न चाहनुहुन्छ भने यसअघिको प्रशासनले आधिकारिक स्वीकृतिलगायत विभिन्न कारणले खोप निकाल्न वर्षौँ लगाउने थियो होला तर हामीले अबको केही हप्तामै सबैका लागि खोप उपलब्ध गराउन लागेका छौँ । सायद तीन या चार हप्ताभित्रै ।” 

Agni Group

गत हप्ता पनि उनले अक्टोबर महिनामै खोप आइसक्ने दाबी गरेका थिए ।  डेमोक्रेटबाट उपराष्ट्रपतिकी उमेदवार कमला ह्यारिसले यसअघि आफूले खोपको सुरक्षा र प्रभावकारीता सम्बन्धी ट्रम्पको बोलीमा कहिल्यै विश्वास गर्न नसक्ने बताएपछि त्यसैको प्रतिक्रियामा ट्रम्पले यस्तो भनेको बताइएको छ । 

उता स्वास्थ्यविद्हरुले चाहिँ खोपको विषयमा राजनीति गर्नुले जनतामा झन् बढी जोखिम बढने चेतावनी दिइरहेका छन् ।  जहाँ ट्रम्पले सबैलाई खोप नै अन्तिम आशा भएको प्रचार गर्दै आएका छन् ।  डाक्टर रोबर्टले बुधबार कोभिड–१९ विरुद्ध यसको सम्भावित खोप भन्दा मास्क लगाउनु धेरै प्रभावकारी हुन सक्ने बताएका हुन् ।
त्यस्तै सर्वसाधारणका लागि खोप उपलब्ध हुने समयका बारेमा पनि दुवैको बयान एकदम फरक रहेको छ । 

Global Ime bank

रोबर्टका अनुसार खोप उपलब्ध भएपछि कोरोना सम्बन्धी त्यसको नतिजा २०२१ को बीचतिर देख्न सकिनेछ । 

उनले भनेका छन् , “म योसम्म पनि भन्न सक्छु कि कोभिडको खोप लगाउँदा भन्दा मुख छोप्ने मास्कले मलाई भाइरसविरुद्ध सुरक्षाको बढी ग्यारेन्टी दिनेछ । किनकि शरीरले प्रतिरोधात्मक प्रतिक्रिया दिएन भने मैले लगाएको खोपले काम गर्दैन र मलाई बचाउन सक्दैन तर त्यो अवस्थामा पनि मास्कले भने मलाई जोगाइ राख्नेछ ।” 
साथै उनले अमेरिकी जनताले अझै महामारीलाई नियन्त्रण गर्न सकिने स्तरमा मास्कको प्रयोग अपनाउन नसकेको गुनासो गरेका हुन् । 

रोबर्टका अनुसार खोप आइसके पनि सबै नागरिकहरु २०२१ को मध्यतिरदेखि मात्र सामान्य जीवनमा फर्कन सक्नेछन् ।  तर ट्रम्पले रोबर्ट यस विषयमा झुक्किएर गलत भनेको बताउँदै अबको तीन चार हप्ता भित्र नै अमेरिकी जनताले खोप लगाउन पाउने दाबी गरेका हुन् । यति मात्र नभएर ट्रम्पले मास्कको विषयमा पनि रोबर्टको भनाइ खण्डन गर्दै प्रश्न नबुझेर उनले मास्कलाई खोप भन्दा प्रभावकारी हुन्छ भनेको हुन सक्ने बताए । 

ट्रम्पले भनेका छन्, “कोभिड विरुद्धको खोप मास्क भन्दा धेरै गुणा प्रभावकारी हुन्छ भन्ने मेरो विश्वास छ । ”

ट्रम्पको यस्तो भनाइपछि रोबर्टले आफूले खोपको महत्व राम्ररी बुझेको तर अहिलेका लागि समस्याको समाधान भनेकै मास्क लगाउनु, हात धोइरहनु, सामाजिक दुरी कायम राख्नु र भीडभाडबारे सावधान रहनुलगायत व्यवहारिक परिवर्तन हुन् । 

ट्रम्पको विवादास्पद भनाइ सम्बन्धी रोबर्टका प्रवक्ताले यस्तो भनेका छन्, “आजको बैठकमा डाक्टर रोबर्टले अमेरिकी नागरिकहरुमा कहिले खोप लगाइ सकिन्छ भन्ने प्रश्नको जवाफ मात्र दिएका थिए जसमा उनले २०२१ को दोस्रो या तेस्रो क्वाटरपछि जनजीवन सामान्य बन्ने बताएका हुन् । यसबाहेक उनले खोप कहिले उपलब्ध हुनेछ भन्नेमा कुनै बयान दिएका छैनन् ।”

कोभिड महामारी सम्बन्धी ट्रम्पले आफ्नै प्रशासनका स्वास्थ्य प्रमुखको विपरीत बोलेको यो पहिलो घटना भने होइन ।  सीडीसीले भाइरसको संक्रमण रोक्न मास्कको अनिवार्य प्रयोग गर्न नागरिकहरुलाई धेरैपटक आग्रह गरिसकेको भए पनि ट्रम्पले मंगलबार एबीसी टाउनहलबाट बोल्दै धेरै मानिसहरुलाई मास्क मन नपर्ने गरेको बताएका हुन् । उनले यसको उदाहरणमा ‘वेटर’ को काम गर्ने मानिसहरुको नाम समेत लिएका थिए । 

चौतर्फी आलोचना पश्चात् पछिल्ला केही महिना ट्रम्पले मास्कलाई राम्रो भनेर बताइरहेपनि उनको व्यवहार र शैलीले विशेषगरी उनका समर्थकहरु माझ गलत सन्देश दिइरहेको पाइएको छ ।  यसअघि उनले सीडीसीको स्वास्थ्य निर्देशिका विपरीत र्याली र बन्द स्टेडियमभित्र ठुल्ठुला कार्यक्रम आयोजित गराएका थिए जसमा अधिकांशले मास्क लगाएका थिएनन् र सामाजिक दुरी पनि अपनाएको देखिएन । 

त्यस्तै उनले एबीसीमा मास्कको प्रभावकारीता सम्बन्धी प्रश्न पनि उठाएपछि उनकी प्रेस सचिव केलेह मेकएनेले संचारकर्मीहरुसमक्ष स्पष्टीकरण दिनुपरेको थियो । यसमा उनले ट्रम्प सधैँ मास्क लगाउनुको समर्थनमै छन् भन्ने दाबी गरेकी हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC