site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रकृति बेइमान हुँदैन । विनाश गर्नु छ भने पनि जनाउ दिन्छ । नबुझ्नु वा बुझ्न नचहनु मानव कमजोरी हो । सायद, बुधबार बिहान गएको ६ रेकटर स्केलको भुइँचालो अर्को विध्वंशको जनाउ नहोस् । यसलाई  विसं २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको ७. ६ रेक्टरस्केलको विध्वंशकारी भूकम्पकै अनुकम्प मानिएको छ । त्यस यता ६ रेक्टरस्केलभन्दा माथिका २ वटा अनुकम्प सोही वैशाख महिनामै गएका थिए । फलस्वरूप, सिन्धुपाल्चोकलगायतका पूर्वी जिल्लामा ठूलो क्षति भएको थियो । धनकुटा र पर्र्वत जिल्लामा केही धनमालको क्षति भएको बाहेक अरू समाचार आएको छैन । पहिलेकै भूकम्पले छियाछिया बनाएको कमला पहाडको माटो बर्खाले गालेका बेला सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टरस्केलको भूकम्पबाट पनि ठूलै क्षति हुनसक्थ्यो ।  

राज्यको विशेष प्रयासका कारण यस भूकम्पबाट क्षति नभएको भनियो भने त्यो सत्य हुँदैन । विसं २०७२ को भूकम्पपछि सरकारी संरचनाको पुनःनिर्माण र सबलीकरणमा त केही काम गरेको छ तर व्यापकरूपमा मानव बस्तीलाई जोखिममुक्त बनाउन प्राथमिकता दिएको छैन । विगत केही वर्षमा सिन्धुपाल्चोकलगायतका जिल्लामा पहिरोले बस्तीहरू पुरेको घटनाबाट सरकार जनसाधारणको जिउधनको रक्षामा खासै गम्भीर नभएको पुष्टि हुन्छ । अझै पनि ठूलो जनसंख्याको बसोवास भूकम्पबाट धाँजा फाटेका पहाडहरूका जोखिमपूर्ण बस्तीमा छँदै छ । साउन र भदौमा गरी सिन्धुपाल्चोकमा मात्र कम्तीमा दुईवटा   पहिरोले बगाएका बस्तीहरू मानव बसोवासका लागि जोखिमपूर्ण भइसकेको जानकारी सरकारका विभिन्न निकायलाई स्थानीय जनताले दिएका थिए । तर, सरकारी अधिकारी विशेषगरी भूकम्पपछि बनाइएको राष्ट्रिय पुनःनिर्माण आयोगको उदासीनता र हेलचेक्य्राइँका कारण ठूलो धनमालको क्षति भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

सबैलाई थाहै छ थुप्रै बस्तीहरू मानव बसोवासका लागि असुरक्षित छन् भन्ने सरकारी अधिकारीलाई पनि थाहा छ । कतिपय बस्ती त आवश्यक अध्ययनपश्चात सरकारले नै बसोवास अयोग्य वा जोखिमपूर्ण ठहर गरेको छ । जनसाधारणको जीउधनको रक्षा सरकारको प्राथमिकतामा परेको भए त्यस्ता जोखिमपूर्ण बस्तीमा बसोवास गर्नेहरूलाई सुरक्षित र सुविधाजनक ठाउँमा पुनःस्थापना गराउने योजनाले उच्च प्राथमिकता पाउने थियो । सरकारी निकायले नै मानव बसोवासका लागि अयोग्य ठहर गरेको बस्तीमा बस्नेहरूलाई पाँच वर्षसम्म पनि पुनःस्थापना नगर्ने र पहिरेले पुरिएर मर्न छाडिदिने सरकार सायद नेपालबाहेक अन्यत्र छैन । यस्तै कुनै पनि क्षण जनधनको ठूलो क्षति हुने जान्दाजान्दै पनि त्यहाँ बस्तीमा बसोवास गर्नेलाई अन्यत्र पुनःस्थापना नगराउने गैरजिम्मेवार अधिकारीहरूलाई सजाय नगर्ने सरकार पनि दुनियाँमा बिरलै भेटिएलान् । यसैले नेपाल सरकारलाई बिउँझाउनकै लागि प्रकृतिले बेलाबखत यसरी झकझकाएर संकेत गरेको त होइन ?  संसद्मा स्पष्ट बहुमत भएको कम्युनिस्ट पार्टीको सरकार हो । यसले सजिलै आफ्नो चरित्र र प्रकृति त के छाड्ला र ? तैपनि, प्रकृतिको संकेत बुझेर सरकार निदाएको बहाना नगरी बिउँझिन्छ कि भन्ने अपेक्षा गर्नु अन्यथा त नहोला नि  ! यति हुँदा पनि नबिउँझने हो भने त कस्को पो के लाग्छ र ?

    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC