site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एम्बाप्पे नाइसविरुद्ध खेल्न सम्भावना
Sarbottam CementSarbottam Cement

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार खेलाडी केलियन एम्बाप्पेले नाइसविरुद्धको खेल खेल्ने सम्भावना रहेको बताइएको छ । कारोना भाइरस पोजेटिभ देखिएका एम्बाप्पेले आइतबार नाइसविरुद्धको खेलका लागि उपलब्ध हुनसक्ने प्रशिक्षक थोमस टुचेलले बताएका छन् ।

नेसनस लिगका लागि फ्रान्स राष्ट्रिय टोलीको समावेश भएका एम्बाप्पेलाई नेसनस लिगको दोस्रो खेल पूर्व कोरोना भाइरसको सकारात्मक नतिजा आएको थियो । त्यसपछि उनले फ्रोन्च लिग वान २०२०-२१ का सुरुवाती तीन खेल गुमाइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पीएसजीले लिग वानका सुरुवाती दुई खेल गुमाउँदा तेस्रो खेल जितेको छ । प्रशिक्षक टुचेलले सिजन २०१९-२० मा शीर्ष गोलकर्ता बनेका एम्बाप्पे नाइसविरूद्ध उपलब्ध हुन आशा रहेको बताएका छन् ।

“एम्बाप्पेले राम्रो महसुस गरिरहेका छन् । उनीमा कुनै लक्षण छैन,” प्रशिक्षक टुचेलले भने, “उनका केही व्यक्तिगत प्रशिक्षण सत्रहरू छन् । यदि उनले टोलीका सहकर्मीसँग प्रशिक्षण गर्न पाए भने उनी खेलमा फर्किनेछन् । यो सम्भव छ भने हामी शनिबार निर्णय गर्नेछौं । मैले डाक्टर र एमबाप्पेसँग कुरा गर्नुपर्नेछ ।” 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC