site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमारलाई दुई खेलको प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारलाई फ्रेन्च लिग वानमा दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

मार्सिलेसँगको खेलमा १-० गोलको हार व्यहोर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका नेयरमालाई आयोजकले दुई खेलमा प्रतिबन्ध लगाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मार्सिलेविरुद्धको खेलमा नेयमारले विपक्षी टोलीका खेलाडी अल्भारो गोन्जालेजको टाउकोमा पछाडिबाट हानेपछि उनलाई रेफ्रीले भीआरको सहायतामा रातो कार्ड दिएका थिए । 

मैदान बाहिरिँदा नेयमारले अल्भारोबाट जातीय दुर्व्यवहारको सिकार भए भएको आरोप लगाएका थिए । तर, अल्भारोले उक्त आरोप अस्वीकार गरेका छन् । लिगको अनुशासनात्मक न्यायाधिकरणले बुधबार रिपोर्ट सार्वजनिक गर्दै नेयमारलाई दुई खेलको प्रतिबन्ध सुनाएको छ । 

Global Ime bank

लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्ध लगाएको छ । त्यस्तै लिआन्ड्रो परेडेसलाई पनि दुई खेलको प्रतिबन्ध लगाएको छ । डारियो बेनेडेटोलाई एक खेलमा निलम्बन गरेको छ । 

नेयमारले प्रतिबन्धको एक खेल गुमाइसकेका छन् । बुधबार राति माट्जसँग १-० को जित निकालेको खेल नेयमारले गुमाएका थिए । उनले अब आइतबार नाइससँग हुने खेल पनि गुमाउनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC