site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईपीएलमा सर्वाधिक रन बनाउने तीन खेलाडी
Ghorahi CementGhorahi Cement

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सबै खेलाडीको सपना हुन्छ । यसमा सर्वाधिक रन, सर्वाधिक विकेट र सर्वाधिक सफल खेलाडी बन्‍न धेरै खेलाडीले मिहिनेत गरेका हुन्छन् ।

त्यसमध्य केही खेलाडी मात्र आईपीएलमा सफल भएका हुन्छन् । आईपीएलको १३औँ संस्करणसम्म आइपुग्दा धेरै खेलाडीले सर्वाधिक रनको धेरै कीर्तिमान बनाएका छन् । कोही खेलाडीले एकै सिजन सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् भने कोही खेलाडीले एके खेलमा धेरै रन बनाउने कीर्तिमान बनाउँछन् ।

यो सिजनको आईपीएल सेप्टेम्बर १९ बाट युनाइटेड अरब एमिरेट्स (यूएई) मा सुरु हुँदै छ । विश्व चर्चित खेलाडीहरूको सहभागी हुने लिगमा ब्याट्सम्यानहरू सर्वाधिक रन बनाउदै अरेन्ज क्याप जित्ने लक्ष्यमा हुन्छन् । तल आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको चर्चा गरिएको छ ।

Agni Group

१) विराट कोहली 
भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका कोहली आईपीएलका सर्वाधिक सफल खेलाडीमा गनिन्छन् । ईपीएल करियरको पहिलो सिजनदेखि बैंगलोरमा आबद्ध कोहलीले २०१३ यता नेतृत्व गर्दै आएका छन् ।

कोहलीले हालसम्म आईपीएलका १६८ इनिङ्समा ५ हजार ४१२ रन बनाएका छन् । कोहलीको हालसम्मको सर्वाधिक स्कोर ११३ हो । कोहली २०१६ को सिजनमा उत्कृष्ट लयमा थिए । उनले उक्त सिजन १६ खेलमा ९७३ रन बनाएका थिए ।

Global Ime bank

कोहलीले त्यसै सिजन बनाएको र स्कोरले कीर्तिमानी पनि कायम गरेको थियो । उनले सन् २०१६ को सिजनमा सर्वाधिक रन बनाउने किर्तिमान आफ्नो नाम गरेका थिए । कोहलीले आईपीएलमा पाँच शतक प्रहार गरेका छन् भने ३६ अर्धशतक बनाएका छन् । 

२) सुरेश रैना 
रैना आईपीएलका सफल खेलाडीमध्येका एक हुन् । भर्खरै मात्र अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट संन्यास लिएका उनले आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा आफूलाई स्थापित गरेका छन् ।

रैनाले हालसम्म आईपीएलको १८९ इनिङ्समा ५ हजार ३६८ रन बनाएका छन् । रैनाको एकै इनिङ्समा सर्वाधिक बनाएको रन स्कोर १०० हो । रैनाले हालसम्म आईपीएलमा एक शतक बनाएका छन् भने ३८ अर्धशतक बनाएका छन् ।

यो सिजन रैनाले आईपीएल खेल्ने भने छैनन् । पारिवारिक कारण देखाउँदै रैना यूएईबाट फिर्ता भएका थिए । 

३) रोहित शर्मा 
भारतीय राष्ट्रिय टोलीका सफल खेलाडीमध्येका एक हुन् रोहित शर्मा । रोहितले राष्ट्रिय टोलीका लागि धेरै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । ओपनर ब्याट्म्यान उनी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा पर्छन् । 

रोहितले हालसम्म आईपीएलको १८३ इनिङ्समा ४ हजार ८९८ रन बनाएका छन् । रोहितको हालसम्मको एकै इनिङ्समा सर्वाधिक रन स्कोर १०९ रन हो ।

आईपीएलमा रोहितले एक शतक प्रहार गरेका छन् भने ३६ अर्धशतक बनाएका छन् । उनी डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सका कप्तान पनि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC