site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भेन्ट्रिलकिस्ट अभ्यास गर्दै नाजिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता तथा रंगकर्मी नाजिर हुसेनले आफ्नो जन्मदिनमा दर्शक तथा शुभचिन्तकहरूलाई लागि एउटा छोटो भिडियो प्रस्तुत गरे । भिडियोमा उनलाई पपेट खेलाइरहेको देखिन्छ । उक्त भिडियोमा उनी भेन्ट्रिलकिस्टका रुपमा देखिएका छन् । अर्थात् उनी पपेटमार्फत अभिनय गर्दै छन् ।
(भेन्ट्रिलक्विज्म भनेको वास्तविक आवाज आफैं निकाल्ने तर दर्शकलाई पपेटले बोलेको जस्तो आभास गराउने कला हो ।) 

यसमा दुईवटा क्यारेक्टर हुन्छ, त्यसमध्ये एउटा कलाकार हुन्छ भने अर्को पपेट । पपेटले बोलेको र अभिनय गरेको जस्तो देखिए पनि त्यो पनि स्वयं कलाकारले नै गर्नुपर्छ । पपेटले बोलेको जस्तो देखिए र सुनिए पनि यसमा ओठ वा मुख नचलाई कलाकारले नै बोल्नुपर्छ । तर यसको आभास दर्शक तथा स्रोतालाई हुनु हुँदैन । यो पफर्मेन्स आर्टको विधामा पर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भेन्ट्रिलक्विज्म हलिउडमा अभिनयको लोकप्रिय विधामध्येको एक हो । भेन्ट्रिलकिस्ट सोसाइटीका अनुसार हाल विश्वमा ५ सयदेखि ६ सय जना छन् । पल जेर्जिन र ड्यार्सी लाइन अहिले विश्वका लोकप्रिय भेन्ट्रिलकिस्ट हुन् । यी दुवै अमेरिकन गट ट्यालेन्टबाट आएका भेन्ट्रिलकिस्ट हुन् ।

युरोप जाँदा नाजिरले भेन्ट्रिलक्विज्मको शो पहिलोपटक देखेका थिए । कहिल्यै नदेखेको शो उनलाई अनौठो लाग्यो । अनौठो मात्रै होइन लोभ पनि लाग्यो । कसरी गर्न सकिएला ? उनले सेकेन्ड हेन्ड मार्केटमा ५० सेन्ट युरोमा रेन्डियर आलादिन पपेट किने ।

Global Ime bank

यो लकडाउनमा उनले यही भेन्ट्रिलक्विज्म सिके । “भेन्ट्रिलक्विज्म सिक्ने उत्कट चहाना थियो । निकै गाह्रो छ । तर पनि रहरले गर्दा सिकिरहेको छु । थोरै ओठ चलेको पनि देखिनु हुँदैन त्यसैले एकदम अफ्ठ्यारो पनि लागिरहेको छ,” नाजिर भन्छन्, “पपेटले बोल्ने पनि आफैं बोल्नुपर्ने तर ओठ चल्नुभएन । तर आफू बोलिरहँदा पपेटको एक्सप्रेसन र ऊ बोल्दा आफ्नो क्यारेक्टरको एक्सप्रेसन तथा स्क्रिप्ट सजिलो छैन । एक मिनेटको पफर्मेन्स गर्न पनि लामो तयारी गर्नुपर्छ ।” 
० ० ०
नाजिर रंगमञ्‍च मात्रै होइन चलचित्र र म्युजिक भिडियोमा पनि रुचाइएका कलाकार हुन् । अधिकांश कलाकार काम नपाएर घरमै बसिरहेका बेला उनका चारवटा म्युजिक भिडियोमा काम गरे । केही पाइपलाइनमा छन् । दुईवटा फिचर फिल्ममा साइन गरिसकेका उनले एउटामा मौखिक सहमति गरिसकेका थिए । छायांकनमा जाने तयारी गरिरहेका बेला लकडाउन भयो ।

चलचित्रको छायांकन रोकियो । तर त्यही समय उनले म्युजिक भिडियोमा अभिनय गरे । “यो वा त्योभन्दा पनि म कलाकार हुँ । कलाको जुनसुकै विधामा पनि काम गर्न चहान्छु । रंगमञ्‍च, चलचित्र वा म्युजिक भिडियोमध्ये कुनै एकमा मात्रै म बाँधिएर बस्‍न चहान्‍न,” नाजिर भन्छन्, “योबाहेक पनि आर्टका अरु फर्ममा पनि मेरो अभिरुचि छ । त्यसैले पनि भेन्ट्रिलक्विज्म सिकिरहेको छु ।”

उनी स्वतन्त्र कलाकार हुन् रंगमञ्‍च, चलचित्र, म्युजिक भिडियो, मोडलिङ वा पेन्टिङमा मात्रै बस्‍न चाहँदैनन् । यी विधामा आफूले सिकेको र जानेको कुरा आफ्नो ल्याकतले भ्याएसम्म लक्षित समूहसम्म फैलिने चाहना राखेको नाजिर बताउँछन् । 
तस्बिर नाजिरको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC