ग्रान्ड आईटेन ‘नियोस’ आज सार्वजनिक हुँदै, युवापुस्तालाई लोभ्याउने यस्ता छन् विशेषता !

ग्रान्ड आईटेन ‘नियोस’ आज सार्वजनिक हुँदै, युवापुस्तालाई लोभ्याउने यस्ता छन् विशेषता !

काठमाडौं । ‘नियोस’ (एनआईओएस) अर्थात् अंग्रेजीमा ‘मोर’ वा नेपालीमा ‘अझै धेरै’ । अन्ततः ह्युन्डाइले लोकप्रिय ह्याचब्‍याग द अल न्यु ग्रान्ड आईटेनमा अझै धेरै फिचर भएको तेस्रो पुस्ता नियोस नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

नियोस ह्युन्डाईको सर्वाधिक प्रतिक्षित कार हो । वास्तवमै नियोसले उपभोक्तासामु अझै धेरै महत्त्व, अझै धेरै फिचर, अझै धेरै स्पेस, अझै धेरै आरामदायी, अझ धेरै उत्साह थप्दै छ । नेपाली बजारमा कार बिहीबार (आज) सार्वजनिक हुँदै छ ।

ह्युन्डाईले दाबी गरेझैं नियोस ह्याचब्याक श्रृंखलामा निकै फिचर लोड भएर निर्माण गरिएको कार हो । स्टाइल, प्रविधि, प्रिमियमपन तथा स्पेसका आधारमा साँच्चै अरु सबै ह्याचब्याकभन्दा धेरै सुविधा उपलब्ध गराउने नियोस स्पोर्टी लुक्स, नयाँ फिचर्स र नवीन प्रविधियुक्त ह्याचब्याक भएको कम्पनीले जनाएको छ ।

यो कार एउटा फेमिली कारमा होइन । कारको मुख्य पाँच विषेशताका रुपमा बोल्ड तथा स्टाइलिस्ट डिजाइन, प्रिमियम तथा स्पेस भएको क्याबिन, एडभान्स पावरट्रेन विकल्प, स्मार्ट तथा इनोभेटिभ प्रविधि र पूर्ण शान्तपनले कारले युवापुस्तालाई आकर्षण गर्ने बताइएको छ ।

कारलाई ह्‍याचब्याक सेग्मेन्टको हालसम्मकै उत्कृष्ट बनाउनका लागि इन्फोटेनमेन्ट सिस्टम व्यापक विस्तार गरिएको छ । २०.२५ सीएम डिस्प्ले भएको प्रणालीमा स्मार्टफोन जोड्न मिल्छ । यसैगरी ह्याचब्याकका पुस्तामा पहिलोपल्ट रियर भेन्ट एसी प्रदान गरिएको छ । १३.४६ डिजिटल स्पिडोमिटर तथा एमआईडीसहितको क्लस्टर कारमा जडान गरिएको छ । अटो डोर अनलकमा इम्प्याक्ट सेन्सिङ उपलब्ध छ । केही समस्या आए ढोकाहरु आफैं अनलक हुने यो सुविधा सुरक्षाका दृष्टिमा निकै आवश्यक मानिन्छ ।

कारमा एअर कर्टेनको सुविधा पनि छ । जसले कारलाई एरोडाइनामिक ड्र्याग कम गर्न मद्दत गर्छ । सेग्मेन्टमा पहिलोपल्ट उपलब्ध गराइएको फिचरका रुपमा कारमा आर्कामी प्रिमियम साउन्ड उपलब्ध छ । वायरलेस फोन चार्जर, यूएसबी चार्जर, रियर पावर आउटलेट, रुफ रेल्स, क्रोम आउटसाइड डोर ह्यान्डल, इको कोटिङ, रियर क्रोम गार्निस, सार्क फिन एन्टेना, इमजेन्सि स्टप सिग्‍नल, ड्राइभर रियर मोनिटर भ्यु तथा प्रोजेक्टर फग ल्याम्प उपलब्ध गराइएको छ ।

नियोस उपभोक्ताको उच्चतम् भावना समेटेर डिजाइन गरिएको छ । बुमर्‍याङ आकारको एलईडी डीआरएल, प्रोजेक्टर हेडल्याम्प, ग्लोसी ब्ल्याक रेडियटर ग्रिल, स्विपिङ हेडल्याम्प डिजाइन कारका केही फिचर हुन् । नियोसलाई निकै आकर्षक देखाउन आर १५ डायमन्ड कट एलोय ह्‌विल, सी पिलरमा युनिक ग्रान्ड आई टेन ब्रान्डिङ तथा रियर क्डि प्लेट कारका केही थप फिचर हुन् ।

कारमा अझै धेरै लेगरुम, अझै धेरै हेडरुम, र अझै धेरै सोल्जर रुम उपलब्ध छ । इन्टिलिजेन्ट इन्टेरियरले क्याबिनमा कुनै सम्झौता गरिएको देखिँदैन । एराडाइनामिक साइड प्राफइल, रुफ रेल्स र सार्क फिन एन्टेनाले नियोसको लुक्सलाई निकै गतिशील देखाउँछ ।

यो कार ३८०५ एमएम लामो, १६८० एमएमको चौडा र १५२० एमएम अग्लो छ । कारको ह्‌विलबेस २४५० एमएमको छ ।

बीएस भीआई कम्प्लायन्स इन्जिन भएको नियोसको विषेशता कम भाइब्रेसन, उच्चतम पर्फमेन्स तथा कम इन्धन खपत हुन् ।

यो गाडीको अगाडिको ग्रिलमा ह्युन्डाईकै सिग्नेचर फिचरका रुपमा रहेको कास्केडिङ ग्रिल छ ।  स्मार्ट एयर प्युरिफायर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र अन्य धेरै फिचर यसमा छन् । नियोसले सुरक्षामा पनि निकै ध्यान दिएको छ । कारको बडी ६५ प्रतिशत एडभान्स हाई स्ट्रन्थ स्टिल र हाई स्ट्रेन्थ स्टिलले बनेको छ । यसले कारलाई थप मजबुद बनाउँछ । यसमा डुअल फ्रन्ट एयर ब्याग, ईबीडीसहितको एबीएस, हाई स्पिड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर र क्यामेरा, फ्रन्ट सिट बेल्ट रिमाइन्डर अलर्ट यसका विशेषता हुन् ।

प्रतिकृया दिनुहोस
ad