site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दस खेलाडीमा समेटिएको पीएसजीको संघर्षपूर्ण जित 
Ghorahi CementGhorahi Cement

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मेट्जमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । 

आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रिएको पीएसजीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नयाँ सिजनमा पहिलो जित निकालेको हो । पीएसजीलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल मिडफिल्डर जुलियन ड्राक्सलेरले गरे । 

Agni Group

पार्क देश प्रिन्स मैदानमा भएको खेलको ६५ औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर अब्दोउ डियालोले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनले खेलको पहिलो मिनेटमा नै पहेँलो कार्ड पाएका थिए । 

यससँगै पीएसजीले नयाँ सिजनमा पहिलो जित निकालेको छ । सुरुवाती दुई खेल गुमाएको पीएजीले तीन अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ । पहिलो खेलमा लेन्ससँग १–० गोले पराजित भएको पीएसजी दोस्रो खेलमा पनि मार्सिलेसँग १–० गोलले नै पराजित भएको थियो । 

Global Ime bank

पहिलो खेलमा कोरोना भाइरस संक्रमणका कारण स्टार स्ट्राइकरद्धोय केलियन एम्बाप्पे र नेयमार अनुपस्थित थिए । तर, दोस्रो खेलमा नेयमार कोरोना मुक्त हुँदै खेलमा फर्किएका थिए । दोस्रो खेलमा नेयमारले रातो कार्ड खाएका कारण उनले मेट्जसँगको खेल गुमाएका थिए । मार्सिलेसँग निकैनै तनाव ग्रस्त भएको खेलमा पीएसजीका तीन खेलाडीसहित पाँच खेलाडीले खेलको अतिरिक्त समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC