site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्याक्सवेल र क्यारीको शतकीय पारीको मद्दतले सिरिज अस्ट्रेलियालाई 
Sarbottam CementSarbottam Cement

एजेन्सी । तीन खेलको एकदिवसीय सिरिजको उपाधि अस्ट्रेलियाले जितेको छ । बुधबार राति  भएको सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई ३ विकटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । 

इङ्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.४ ओभरमा मात्र ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अस्ट्रेलियका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । 

Prabhu Bank
Agni Group
NIC Asia

म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै १०८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै क्यारीले ११४ बलमा ७ चौका र २ छक्काको मद्दतमा १०६ रन जोडे । डेभिड वार्नरले ३२ बलमा तीन चौकासहित २४ रन जोड्दा मार्नुस लबुसचङ्गेले २० र आरोन फिन्चले १२ रन जोड्न सफल भए । त्यस्तै मिचेल स्टार्क ११ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । 

इङ्ल्यान्डका लागि क्रिस वोक्स र जोए रुटले समान दुई दुई तथा आदिल रासिद र जोफ्रा आर्चरले एक एक विकेट लिए । 

Global Ime bank

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा सात विकेट गुमाउँदै ३०२ रन जोडेको थियो । इङ्ल्यान्डको विशाल योगफल खडा गर्न जोनी बेयरस्टोले शतकीय पारी खेले । उनले १२६ बलमा १२ चौका र दुई छक्काको मद्दतमा ११२ रनको शतकीय पारी खेलेका थिए । 

त्यस्तै साम बिलिङ्स र क्रिस वोक्सले अर्धशतकीय पारी खेले । बिलिङ्सले ५८ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ५७ रनको योगदान दिएका थिए । वोक्स ३९ बलमा ६ चौकाको मद्दतमा ५३ रनमा अविजित रहे । 

कप्तान इओन मोर्गले २३, टोम कुरान १९ र अदिल रासिदले ११ रन जोडेका थिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र आदम जम्पाले समान तीन तीन विकेट लिए । त्यस्तै पाट कुमिन्सले एक विकेट लिएका थिए । 

सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने दोस्रो खेल घरेलु टोली इङ्ल्यान्डले जितेको थियो । यसअघि भएकोे तीन खेलको टी–ट्वान्टी सिरिज भने इङ्ल्यान्डले जितेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC