site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इटलीको विमानस्थललाई विश्वकै पहिलो फाइभ–स्टार एन्टि–कोभिड अवार्ड
Ghorahi CementGhorahi Cement

एजेन्सी । ‘लिओनार्दो दा भिन्सी अन्तर्राष्ट्रिय विमानस्थल’ का नामले पनि चिनिने इटलीको राजधानी रोममा अवस्थित फिउमिसिनो विमानस्थल ‘कोभिड–१९ फाइभ–स्टार एयरपोर्ट रेटिङ’ प्राप्त गर्ने विश्वकै पहिलो विमानस्थल बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट उद्योग मूल्यांकन संस्था, स्काइट्रयाक्सले जारी गरेको सूचीमा फिउमिसिनो पहिलो स्थानमा आएको हो । 

स्काइट्राक्स, प्रत्येक वर्ष विश्वको सबैभन्दा उत्कृष्ठ विमानस्थलको सूची सार्वजानिक गर्ने अधिक लोकप्रिय अन्तर्राष्ट्रिय साइट हो तर यस वर्ष विश्व महामारी कोभिड–१९ ले निम्त्याएको संकटका कारण यसले विमानस्थलहरुलाई सरसफाइ, सुरक्षा व्यवस्थापन लगायत कोरोना विरुद्धको प्रतिक्रियामा आधारित रहेर मूल्यांकन गरेको हो । 

Agni Group

स्काइट्राक्सले सार्वजानिक गरेको हालैको सुची, सरसफाइ, परीक्षण व्यवस्थापन लगायतका कामहरु कति प्रभावकारी रुपमा भइरहेका छन् भन्ने विश्लेषणका आधारमा तयार पारिएको छ । जसमा फिउमिसिनो विमानस्थलले गत सेप्टेम्बर १ देखि ७ हजार बर्ग फुटको कोभिड परीक्षण केन्द्र स्थापित गराएको हो । यसलाई इटलीयन रेड क्रसले सहव्यवस्थापन गरिरहेको छ । 

यसरी तिव्र परीक्षणलाई व्यवस्थित गराउनुका साथै सो विमानस्थलले विभिन्न भासामा सजिलै पढ्न सकिने गरि सुरक्षा सम्बन्धी प्रशस्तै साइन बोर्डहरु पनि राखेको स्काइट्राक्सले आफ्नो मूल्यांकन डाटामा उल्लेख गरेको छ । त्यस्तै अनिवार्य मास्क लगाउनैपर्ने जस्ता नियम पनि कडाइका साथ लागू गरिएको र विमानस्थलका कर्मचारीहरु नियमित सरसफाइमा लागिरहेको देख्न सकिने बताइएको छ । विमानस्थलको प्रभावकारीताकै कारण त्यहाँ ट्रयाकिङ गर्न सजिलो होस् भनेरै आवत्जावत्का लागि सिङ्गो टर्मिनलको प्रयोग भइरहेको छ ।  

Global Ime bank

यसबाहेक फ्रान्सको ‘नाइस कोते दी आजुर विमानस्थल’ , लन्डनको हिथ्रो र स्पेनको ‘मलागा कोस्ता देल सोल’ विमानस्थललाई भने कोभिड प्रतिक्रियाका लागि तीन स्टारले सम्मानित गरिएको छ । एसियाली विमानस्थलहरुबारे स्काइट्राक्सले २०२० को अन्त्यसम्म मूल्यांकन गरि सूचीकृत गर्ने बताएको छ ।  सिएनएन 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC