site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विद्यासुन्दर सोल्टी होटलको 'आइसोलेसन' मा रहँदाको खर्च विवरण माग
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर ।


काठमाडौं । विवेकशील नेपाली दलले काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सोल्टी होटेलमा 'आइसोलेसन' बस्दा भएको खर्च विवरण माग गरेको छ । गत स्थानीय निर्वाचनमा काठमाडौं महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दर्शनासँगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड-१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको हो । 

सूचनाको हक सम्बन्धी निवेदनमार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड संक्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

Global Ime bank

निवेदन दर्ता गरेपछि नेतृ रञ्जु दर्शनाले भनिन, "नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन कि महानगरका गतिविधहरुमा पारदर्शीता कायम नभएकोमा समेत हामीले महानगरको ध्यानाकर्षण गरायौं ।" निवेदनमा माग भए बमोजिमको सूचना प्राप्त भएपछि त्यसको विश्लेषण गरेर भावि कदम चाल्ने विवेकशील नेपालीको तयारी छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC