बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्टार खेलाडीबिनाको पीएसजीलाई मेट्जको चुनौती 
बाह्रखरी - बुधबार, भदौ ३१, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार राति मेट्जको सामना गर्दै छ । साविक विजेता पीएसजीले फ्रेन्च लिगवान फुटबलमा बुधबार राति मेट्जको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ । 

जितविहीन रहेको दुबै टोलीको सिजनको पहिलो जितको खोजीमा रहेका छन् । अघिल्लो सिजन च्याम्पियन्स लिगको फाइनल खेलेको तथा लिग वानको उपाधि जितेको पीएसजीले यो सिजन निकै खराब प्रदर्शन गरेको छ । पहिलो खेलमा पीएसजी दोस्रो डिभिजनबाट उक्लिएको लेन्ससँग पराजित भएको थियो ।

Agani Group

दोस्रो खेलमा मार्सेलीसँग १–० ले पराजित हुँदा पीएसजी १९८४–८५ पछि पहिलो पटक लिगको सुरुवाती दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा महत्वपूर्ण स्टारहरुबिना मैदान उत्रिएको पीएसजीले दोस्रो खेलमा नेयमार सहित एन्जल डि मारिया, हरेरालगायतलाई मैदानमा उतारे पनि हार सामना गरेको थियो । तर, तनाबपूर्ण खेलमा पीएसजीका महत्वपूर्ण तीन खेलाडीले रातोकार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

रातोकार्डका कारण एक खेलको प्रतिबन्धमा परेका नेयमार आजको खेलका लागि टिममा हुने छैनन् । अग्रपंक्तिमा बुधबार डि मारिया र सरावियालाई निकै धेरै चुनौती हुनेछ । 

sarbottam cement

नेयमारको ठाउँमा जुलिएन ड्रेक्सलरले स्थान बनाउने सम्भावना छ । यस्तै मेट्ज पनि पीएसजीलाई लगातार तेस्रो हारको स्वाद चखाउने धुनमा हुनेछ । अघिल्ला दुबै खेलमा पराजित भए पनि तेस्रो खेलबाट मेट्ज राम्रो सुरुवातको लक्ष्यमा हुनेछ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्