पूर्वप्रधानन्यायाधीश सिंहको निधनमा बिहीबार सबै अदालत बन्द हुने

पूर्वप्रधानन्यायाधीश सिंहको निधनमा बिहीबार सबै अदालत बन्द हुने

काठमाडौं  ।  पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार देशभरका सबै अदालत बन्द हुने भएका छन् । 

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीशको निधनमा एक दिन अदालत शोक विदाका रुपमा बन्द गर्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालत, सबै उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
 
सिंहको मंगलबार बेलुकी निधन भएको थियो । नेपाल कानुन पत्रिका प्रकाशनको सुरुवात उनै सिंह प्रधानन्यायाधीश रहेका बेला सुरु भएको थियो । 

सन् १९७६ माघ २० गते सप्तरीमा जन्मिएका सिंह २०१३ साल जेठ ८ गते नियुक्त भइ २०१६ साल असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा कार्य गरेका थिए । 


 

प्रतिकृया दिनुहोस
ad