site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सामूहिक बलात्कारको घटना २५ हजारमा मिलापत्र, युवतीद्वारा आत्महत्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७, ब्रह्‍मापुरका १८ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कारको घटना २५ हजार रुपैयाँमा मिलाउन खोजेपछि युवतीले आत्महत्या गरेकी छन् । 

भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएको बेला गाउँका दुई युवाले मण्डल थरकी युवतीमाथि सामूहिक बलात्कार गरेका थिए । बलात्कारजस्तो जघन्य अपराधमा कानुनी उपचार खोज्‍नुको साटो गाउँका अगुवाहरुले २५ हजार रुपैयाँमा कुरा मिलाएका थिए । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने, “सुरुमा यो घटना प्रहरीमा आएन । गाउँमा २५ हजारमा मिलाइएको रहेछ । तर २९ गते राति बलात्कृत युवतीले घरभित्र झुन्डिएर आत्महत्या गरिन् । प्रहरी कारण खोतल्दा बलात्कार भएको पाइयो ।”

Prabhu Bank
Agni Group
NIC Asia

घटना सार्वजनिक भएपछि सत्रुघन मण्डलको घरमा बसेर पीडक र पीडित पक्षलाई राखेर छलफल २५-२५ हजार रुपैयाँ पीडकले पीडित पक्षलाई दिने सहमति भएको थियो । प्रहरीका अनुसार पीडित युवती भने मिलापत्रका लागि सहमत भएकी थिइनन् । उनको इच्छाविपरीत मिलापत्र भएपछि उनले आत्महत्याको बाटो रोजेको खुलेको छ ।

डीआईजी सिंहका अनुसार पीडितलाई त्रास देखाएर मिलापत्र गराउने कार्यमा संग्लन जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल पक्राउ परेका छन् । बलात्कारमा संग्लन दुईजनाको खोजी जारी छ । पक्राउ परेकाहरुलाई बलात्कार मतियार र आत्महत्या दुरुत्साहन मुद्दा चलाइने डीआईजी सिंहले बताए । -प्रतिकात्मक तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC