‘टाटा अल्ट्रोज’ कसरी हो सबैभन्दा उत्कृष्ट प्रिमियम ह्‍याचब्याक ?

‘टाटा अल्ट्रोज’ कसरी हो सबैभन्दा उत्कृष्ट प्रिमियम ह्‍याचब्याक ?

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारित वितरक सिप्रदी ट्रेडिङले नेपाल बजारमा प्रिमियम ह्‍याचब्याक टाटा अल्ट्रोज प्रस्तुत गर्ने भएको छ । नयाँ अल्फा प्लेटफर्ममा बनेको टाटाको पहिलो कार अल्ट्रोज बिहीबार नेपाली कार पारखीमाझ सार्वजनिक हुने भएको हो ।

टाटाको पहिलो प्रिमियम ह्‍याचब्याक ‘अल्ट्रोज’ अल्फा प्लेटफर्ममा बनेको पहिलो टाटाको कार हो । प्रिमियम ह्‍याचब्याक सेग्मेन्टकै उत्कृष्ट कार रहेको टाटाको दाबीलाई यसको विशेषताले पुष्टि गर्छ । प्रतिस्पर्धी कारहरु ह्युन्डाइ इलाइट आई २०, सुजुकी बलेनो, फक्सवागन पोलो १.६ को तुलनामा अल्ट्रोज निकै अब्बल कार हुने बताइएको छ ।

अल्ट्रोज इम्पाक्ट २.० डिजाइनमा बनेको टाटाको दोस्रो कार हो । कारमा अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, आइडल स्टप/स्टार्टलगायत विशेषता छन् । अल्ट्रोज सेग्मेन्टकै सबैभन्दा फराकिलो कार हो ।

कारको इन्जिनले ८६ पीएस शक्ति पैदा गर्छ जुन सेग्मेन्टकै सबैभन्दा शक्तिसाली हो । अल्फामा १.२ लिटर टर्बोचार्जड थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ जसले १४० एनएम टर्क जेनेरेट गर्छ ।

अल्ट्रोजलाई सुरक्षाका दृष्टिकोणमा सबैभन्दा उत्कृष्ट मान्न सकिन्छ । यो सुरक्षा रेटिङ गर्ने ग्लोबल एनक्यापबाट फाइभ स्टार पाउने एकमात्र भारतमा निर्माण भएको कार हो । सिप्रदीले अल्ट्रोजलाई भोलि लाइभ वेबिनारमार्फत सार्वजनिक गर्दै छ ।

प्रतिकृया दिनुहोस
ad