site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अब त काम नै बिर्सिने बेला भइसक्यो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । “छायांकन हुँदै गरेका चलचित्र बीचमै छोड्नु पर्यो । साइन लिइसकेका चलचित्र अब बन्छन् कि बन्दैनन् टुङ्गो छैन,” कलाकार बुद्दि तामाङ भन्छन्, “अहिले त सुत्ने र उठ्ने बाहेक केही काम छैन । सुत्यो उठ्यो सुत्यो उठ्यो बाहेक केही काम भएन ।”

लकडाउन खुकुलो भएपछि नियमित रुपमा मण्डला थिएटर आइरहे पनि काम केही नभएको उनी बताउँछन् । उनी अहिले केही स्क्रिप्ट पढिरहेका छन् । म्युजिक भिडियोमा अभिनय गर्ने कुरा चलिरहेको छ । “तर कुरा मात्रै भइरहेको छ । काम भएको छैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाकै कारण उनले अभिनय गरिरहेको चलचित्र ‘२ नम्बरी’ बीचमै छायांकन रोकियो । “अरु पाँचवटा चलचित्रमा अभिनय गर्दै थिएँ । अब त काम कुन–कुन चलचित्र थिए भनेर पनि बिर्सिने बेला भइसक्यो,” बुद्दि भन्छन् । 

अभिनेता विजय बरालको अवस्था पनि बुद्दिकै जस्तै हो । अचानकको लकडाउनले काम खोस्यो । लकडाउनसँगै फुर्सदिलो बनेका उनी कहिले काममा फर्किने हुन् थाहा छैन । “अहिले त काम गरेको सम्झिने हो गर्ने भन्दा पनि” विजय हाँस्दै भन्छन्, “अब त काम नै बिर्सिएला जस्तो पो भइसक्यो ।” 

Global Ime bank

कोरोनाको कहरका कारण तनावमा बसिरहेका जनतालाई चेतनासँगै मनोरञ्न प्रदान गर्ने उद्देश्यले मण्डला थिएटर देशमा मुख्य मुख्य सहरमा नाटक लिएर जाने तयारीमा थियो । तर त्यो तयारी पनि कोरोनाको बढ्दो त्रासका कारण अपनाउनु पर्ने व्यक्तिगत दूरीका कारण सम्भव नरहेको उनी बताउँछन् । 

गत वर्षको चैत ६ गतेबाट रङ्गमञ्च तथा सिनेमा हलहरु बन्द छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC