site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इङ्ल्यान्ड-अस्ट्रेलियाको निर्णायक एकदिवसीय खेल आज
Ghorahi CementGhorahi Cement

एजेन्सी । इङ्ल्यान्ड र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत आज (बुधबार) अन्तिम तथा निर्णायक खेल हुँदै छ । खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

इङ्ल्यान्डसँगको टी-ट्‌वान्टी सिरिज गुमाएको अस्ट्रेलिया एकदिवसीय सिरिज भने जित्ने दाउमा छ । एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको थियो । सिरिजमा १-० को अग्रता लिएको अस्ट्रेलिया दोस्रो खेलमा पराजित हुँदै सिरिजमा १-१ को बराबरी गरेको थियो । 

Agni Group

पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डलाई १९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा इङ्ल्यान्डले २४ रनले जित हासिल गरेको थियो । इङ्ल्यान्डले दिएको २३२ रनको लक्ष्य अस्ट्रेलियाले ४८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र २०७ रन बनाएको थियो । 

सिरिजमा साख जोगाइरहन यो खेल घरेलु टोली इङ्ल्यान्डले जित्नैपर्ने दबाब छ । यदि आजको खेल इङ्ल्यान्डले हारे पाहुना टोली अस्ट्रेलियाले सिरिजामा २-१ को जित निकाल्नेछ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC