site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अपडेट : कांग्रेस महामन्‍त्री कोइरालाको स्वास्थ्य स्थिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।

उनले अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उपचार गरिरहेको पनि जनाएको छ । श्रेष्ठका अनुसार महामन्त्रीको उपचारमा डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्‍न छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

गएराति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो । उनका स्वकीय सचिव भरत तिवारीले राति अचानक ज्वरो आएपछि अस्पताल लगिएको बताएका छन् । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

 

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC