site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चाडपर्वका उत्कृष्‍ट फोटा भए पुरस्कारमा १० हजार रुपैयाँ जित्‍न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिताको आयोजना गरेको छ । चाडपर्वको समयमा विगतका दिनहरुमा जस्तो आत्मीयहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशील समिश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ बोर्डले चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालका कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ ।

सहभागीहरुले आगामी मंसिर १० सम्म फोटो पठाइसक्नुपर्नेछ । बोर्डको फोटो अभियानको साइटमार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिता गरिएको बताए । प्रतियोगितामा सहभागी हुन प्रत्येक सहभागीले कम्तिमा सातवटा भिन्नाभिन्नै फोटो पठाउन पर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

बोर्डले चार वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसाथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तर रुपमा भइरहेको छ । 

Global Ime bank

अभियानलाई व्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरु गरिएको बोर्डले जनाएको छ । हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिस्ट्रर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC