site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘विदेशमा रहेका नेपालीलाई दसैंअगावै स्वदेश फर्काऔं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समिति संयोजक  डिला संग्रौलाले विदेशमा रहेका नेपालीलाई दसैंअगावै स्वदेश फर्काउने योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छन् ।

नेतृ संगौलाले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई दसैंअगावै स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन् ।  

“महँगो चार्टर्ड उडान गरेर सरकारले झन्‍डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ । तर, अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै तीन लाख नेपाली स्वदेश फर्कन पर्खिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “तीमध्ये हजारौं महिला, बेरोजगार तथा असक्त नेपाली विमानको टिकट किन्‍न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा सुरु गरेको छैन, जुन खेदजनक छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेतृ संग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै पटक-पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरेकी छन् ।

“त्यस्तै प्रतिनिधिसभामा हामीहरुले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका थियौँ भने पटकपटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएका थियौँ । तर, सत्तारुढ दलको आन्तरिक झगडाबीच संसद् बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मञ्च पनि बन्द गरिदिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।  

Global Ime bank

उनले मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रममन्त्री रामेश्वरराय यादव र पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरेर विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चाँडो नेपाल ल्याउन आग्रह गरेको पनि जनाएकी छन् । तीनै जना मन्त्रीहरुबाट विदेशमा अलपत्र परेका श्रमिकलाई नेपाल ल्याउनले विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको र सक्दो पहल गरिरहेको जानकारी पाएको पनि उल्लेख गरेकी छन् ।

नेतृ संग्रौलाले झन्डै ७ महिनादेखि बेखर्ची भएका नेपालीहरु घरबाट पैसा मगाएर तथा विभिन्‍न संघ-संस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीको स्थिति हरेक दिन जटिल बन्दै गएको भन्दै उनीहरुको सहजताका लागि सरकारले अवलम्बन गर्नुपर्ने कामहरु पनि स्मरण गराएकी छन् ।

यी हुन् सरकारलाई दिइएका सुझावहरु
१. कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल  निशुल्क उद्धार गरियोस् ।

२. श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेशअनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।

३. विदेशमा समस्यामा परी फर्किनै पर्ने अवस्थाका हजारौँ श्रमिक दाजुभाइ(दिदिबहिनीहरुलाई दसैं अगावै स्वदेश फर्काउन सके निशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी सात दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निशुल्क क्वारेन्टिनको व्यवस्था गरियोस् ।

४. विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरि देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार व्यापार-व्यवसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गरियोस् ।

५. अहिले कोरोना संकटभन्दा पहिले नै दुःखद निधन भएका नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC