site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मिलानको फारकिलो जितमा मार्टिनेजका दुई गोल
Sarbottam CementSarbottam Cement

एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजको दुई गोलको मद्दतले इटालियन सिरी ए क्लब इन्टर मिलानले मैत्रिपूर्ण खेलमा फराकिलो जित निकालेको छ । 

मंगलबार बेलुका भएको खेलमा मिलानले स्वीट्जरल्यान्ड क्लब लुगानोमाथी ५–० गोलको फराकीलो जित निकालेको हो । खेलको चौथो मिनेटमा नै अग्रता लिएको मिलानले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको चौथो मिनेटमा डाल्बर्ट हेन्रिक्युले गोल गर्दै अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा लुगानोका डिफेन्डर अकोस केक्सकेसले आत्मघाति गोल गरेपछि मिलानको अग्रता दोब्बर भएको थियो । त्यसको एक मिनेट नबित्दै अर्जेन्टिनी स्ट्राइकर मार्टिनेजले गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए । 

त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा मिलान पहिलो हाफमा ४–० ले अगाडि बढेको थियो । मार्टिनेजका दुबै गोलका लागि एलेक्स सान्चेजले असिस्ट गरेका थिए । 

Global Ime bank

दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै मिलानले पेनाल्टी अवसर पायो । दोस्रो हाफमा पहिलो मिनेटमा नै सान्चेजको स्थानमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले पेनाल्टीमा गोल गरे । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा मिलानले लुगानोमाथि ५–० गोलको फराकिलो जित निकालेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC