राजेश भारतीय क्लब एआरए एफसीमा अनुबन्ध

राजेश भारतीय क्लब एआरए एफसीमा अनुबन्ध

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर राजेश परियार भारतीय क्लबमा अनुबन्ध भएका छन् । उनी भारतीय दोस्रो डिभिजनको क्लब एआरए एफसी अहमदावादमा अनुबन्ध भएका हुन् । 

राजेशले आफ्नो सामाजिक सञ्‍जाल फेसबुकमा आफू भारतीय बी डिभिजनको आई लिग क्लब एआरए एफसीमा अनुबन्ध भएको जनाएको छन् । उनी प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताएको छ । 

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले फुटबलतर्फ स्वर्ण पदक जित्दा उनी टोलीका सदस्य रहेका थिए । एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ए डिभिजन लिग खेलेका थिए ।

गत महिना नेपालका युवा स्ट्राइकर अभिषेक रिजाललाई भारतकै बी डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो । उनी भारतमा जारी दोस्रो डिभिजनको आई लिग खेलिरहेका छन् । 

प्रतिकृया दिनुहोस
ad