site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संसद्‌मा चलचित्र क्षेत्रको वकालत गर्दै जया बच्चन
Sarbottam CementSarbottam Cement

एजेन्सी । समाजवादी पार्टीकी सांसद जया बच्चनले चलचित्र उद्योगको पक्षमा आवाज उठाएकी छन् । भाजपा सांसद र अभिनेता रवि किशनले लोकसभामा सम्पूर्ण चलचित्र उद्योग लागुपदार्थको दुर्व्यवसनमा फसेको भनेपछि जयाले फिल्म उद्योगका पक्षमा धारणा राखेकी हुन् ।

मनसुन सत्रको दोस्रो संसदमा जया बच्चनले भनेकी छिन्, “मनोरञ्जन उद्योगका व्यक्तिहरु सामाजिक सञ्जालका कारण तनावमा परेका छन् । जसले यो क्षेत्रबाटै नाम कमाए, उनीहरुले नै यसलाई नालीको संज्ञा दिएका छन् । म यसमा पूर्ण रुपमा असहमत छु । मलाई आशा छ कि सरकारले त्यस्ता व्यक्तिहरुलाई यस्तो भाषा प्रयोग नगर्न भन्‍ने छ ।”

जयाले अगाडि थपेका छन्, “केही व्यक्तिका कारण सम्पूर्ण उद्योगलाई नै दोष दिन मिल्दैन । हिजो लोकसभामा चलचित्र उद्योगकै एक व्यक्तिले चलचित्र क्षेत्रविरुद्ध बोलेकामा मलाई लज्जाबोध भएको छ । जुन थालमा खान्छन्, त्यही थालमा आ.. गर्छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

साथै उनले भारतमा चलचित्र क्षेत्रले प्रत्यक्ष रुपमा पाँच लाख र अप्रत्यक्ष रुपमा अझै धेरैलाई रोजगारी दिइरहेको पनि उल्लेख गरिन् । यस्तो विषम् परिस्थितिमा सामाजिक सञ्जालको यस्तो गलत खबर र सरकारको असहयोगको सिकार मनोरञ्जन क्षेत्र भएको पनि बताए । 

 

Global Ime bank

 

जयाको यो भनाइ अभिनेत्री कंगना रनौटको सन्दर्भमा आधारित रहेको अनुमान गरिएको छ । उनले चलचित्र क्षेत्रका ९९ प्रतिशत कलाकार ड्रग्स सेवन गर्ने र चलचित्र उद्योगलाई नालीको संज्ञा दिएकी थिइन् । 

जया बच्चनको यो भनाइपछि अभिनेत्री कंगना रनौटले तुरुन्तै जवाफ फर्काएकी छिन् । कंगना ट्विटमार्फत लेखेकी छिन्, “जयाजी के तपाईं मेरो ठाउँमा आफ्नी छोरी श्‍वेता भएको भए, उसलाई पनि पिट्ने अनि किशोरावस्थामै ड्रग्स दिने र मोलेस्ट गरिएको भए पनि यस्तै भन्‍नुहुन्थ्यो ? के तपाईं तब पनि यही भन्नु हुन्थ्यो यदि अभिषेक लगातार बुलिङ र ह्‍यारेसमेन्टको सिकार भएर एकदिन फाँसीमा झुन्‍डिएको भए ? थोरै सहानुभुति हामीप्रति पनि देखाउनुहोस् ।”

 

-एजेन्सीहरुको सहयोगमा
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC