site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभको प्रशंसामा उज्ज्वलले भने- धन्यवाद सर
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसिड आक्रमणविरुद्ध निरन्तर लागिरहेका उज्ज्वलविक्रम थापाले बलिउड अभिनेता अमिताभ बच्चनलाई धन्यवाद भनेका छन् ।

अमिताभ बच्चन र उज्ज्वल एउटै कलेजमा पढेका विद्यार्थी हुन् । थापाको प्रशंसायोग्य कामलाई सराहाना गर्दै सोमबार बेलुका बच्चनले ट्‌विट गरेका हुन् । अमिताभले लेखेका छन्, “उज्ज्वल थापा !! पूर्व शेरउडियन राम्रो गरेको छौं । एसिडपीडितहरुको मुद्दामा तिम्रो कडा मिहिनेतले मूल्य पाएको छ, तिमीले शेरउडियन कलेजलाई मात्रै नभई तिम्रो आफ्नै देशलाई गौरवान्वित बनाएका छौं । धेरै-धेरै बधाई, यो राम्रो कार्यलाई निरन्तरता दिइरहनू ।”

बलिउडका दिग्गज तथा आफ्नो कलेजका साथीको प्रशंसाले खुसी हुँदै थापाले उनलाई धन्यवाद दिँदै लेखेका छन्, “धन्यवाद सर ।” एसिड आक्रमक (अपराधी) लाई कडाभन्दा कडा कारबाहीको माग गरिरहेका थापाले १४ सेप्टेम्बरमा एउटा ट्‍‌विट गरेका थिए । जसमा उनले अमिताभलाई मेन्सन गर्दै कौन बनेगा करोडपति १२ मा आएकी एसिड सर्भाइभर सोनाली मुखर्जीले नेपालमा एसिड आक्रमणविरुद्ध कडा कानुन निर्माणमा अग्रसर रहेको भन्दै अमिभातलाई यो लडाइँमा सहयोग गरिदिएकामा धन्यवाद दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

 

जसपश्चात् अमिताभले सोही दिनको बेलुका ट्‌विट गर्दै थापाको कामको प्रशंसा गरेका हुन् । अमिताभ र उज्ज्वल भारतको उत्तरखण्डस्थित शेरउड कलेजमा पढेका हुन् ।

यसअघि पनि अमिताभले थापाको कामको प्रशंसा गर्दै एसिडपीडितका लागि सहयोगी हात बनेकामा धन्यवाद दिएका थिए । उनले मुस्कान खातुको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ट्‌विटरमा एक भिडियो सेयर गर्दै मुस्कानको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थापालाई धन्यवाद दिएका थिए ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC