site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
'जनताले रुचाएका कुलमानलाई बिर्सिएर जनताको चित्त नदुखाऊ'  
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्न माग गरेका छन् । तीन करोड जनताले कुलमानलाई रुचाएको भन्दै श्रेष्ठले उनलाई प्राधिकरणको कार्यकारी प्रमुखमा पुनः नियुक्त गर्नु पर्नेमा जोड दिएका छन् । 

एउटा जिल्लाको मत प्राप्त गरेको व्यक्ति कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुने भन्दै कलाकार श्रेष्ठले सिंगो देशले मन पराएका व्यक्तिलाई नजरअन्दाज गर्न नसकिने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“मेचीदेखि महाकाली हिमालदेखि तराई ७७ वटै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको नाम हो कुलमान घिसिङ । जो नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ,” मदनकृष्ण सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ । तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन् ।”

उनी अगाडि लेख्छन्, “लौ है आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एकपटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वविवेक र कर्म हो ।”

Global Ime bank

मदनकृष्ण श्रेष्ठसँगै अन्य कलाकारहरुले पनि कुलमानको पुनः नियुक्त गर्न माग गरेका छन् । दीपकराज गिरी लगायत केही कलाकारहरुले हिजो राति ८ बजे ५ मिनेट बत्ति निभाएर कुलमानको नियुक्तिका लागि दबाब दिएका थिए ।  

प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त गर्नुपर्ने पक्षमा कलाकारहरुले आवाज उठाउँदै आएका छन् । 

दैनिक १८ घण्टासम्म लोडसेडिङ भएका बेला प्राधिकरणको कार्यकारी निर्देशकको पद कुलमानले सम्हाले पछि लोडसेडिङ अन्त्य भएको थियो । प्राधिकरणबाट उनी बाहिरिएसँगै कतै पुरानै अवस्था दोहोरिने हो की भन्ने त्रासले कलाकारहरु कुलमानको पक्षमा उभिएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC