site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 साल्ट ट्रेडिङको आगत चिनीले दसैं टर्ने  !
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्ततः आम सर्वसाधारणले दसैंमा सरकारी चिनी खान पाउने भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले चिनी आयातको कन्ट्र्याक्ट (ठेक्का) अवार्ड गरेसँगै असोजभित्र चिनी आयात हुने भएको हो ।

कर्पोरेसनले रेणुका सुगर्सलाई आपूर्ति तथा वितरणको जिम्मा दिएको हो । सबैभन्दा थोरै बिड गरेको सो कम्पनीले कर्पोरेसनको वेयरहाउससम्म चिनी ल्याउने जिम्मा पाएको हो । कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार सरकारले अनुमति दिएअनुसार २० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रिया निकै अघि बढिसकेको छ । कर्पोरेसनले आपूर्ति गर्ने कम्पनी अन्तर्राष्ट्रिय बिडिङ प्रक्रियाबाट छनौट गरेको हो ।

राजभण्डारीले बाह्रखरीसँग भने, “केही दिनमै एलसी (प्रतीतपत्र) खोलिने छ । दसैंअघि नै चिनी ल्याएर आवश्यकता पूर्ति गर्नेमा हामी प्रतिबद्ध छौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले डेढ महिनाअघि एसटीसीलाई २० हजार र खाद्य व्यवस्था तथा आपूर्ति कम्पनी १० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा खरिद गर्ने अनुमति दिएको थियो ।

भण्डारण खाली हुँदै जाँदा चाडपर्वका बेला चिनी अभाव हुने अनुमान असारमै गरिएको थियो । सरकारी संस्थान एसटीसीसँग भण्डारण सकिँदै गएको र निजी क्षेत्रले पनि आफूसँग पर्याप्त चिनी नभएको बताएपछि आपूर्ति मन्त्रालयले भन्सार छुट तथा छिटोबाटोमा चिनी किन्‍ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो ।

Global Ime bank

मन्त्रिपरिषद्ले साउन १५ मा दुई सरकारी कम्पनीलाई चिनीको माग धान्‍ने जिम्मा दिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार अहिले एसटीसीमा ९ सय मेट्रिक टनमात्र चिनी छ । 

निजी क्षेत्र अहिले पनि आफूसँग चिनी भण्डारण नभएको दाबी गरिरहेका छन् । तर, यसबीचमा निजीक्षेत्रले ५० हजार टन चिनी आयात गरिसकेका छन् । भन्सार विभागकको तथ्यांकले साउनमा मात्रै १४ अर्ब रुपैयाँ बराबरको चिनीजन्य सामाग्री आयात गरेको देखाउँछ ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसी भन्छिन्, “निजीले आफूसँग चिनीको स्टक छैन भनिरहेको छ । तर, नयाँ आर्थिक वर्ष सुरु भएदेखि ५० हजार टन चिनी आयात भएको देखिन्छ । अर्थात् बजारमा चिनी हुनुपर्छ ।” 

उनका अनुसार चाडपर्वको मुखैमा ३० हजार मेट्रिक टन चिनी आवश्यक हुन्छ । बजारमा चिनी पर्याप्त भएको र सरकारी कम्पनी एसटीसीले पनि २० हजार टन भिनी ल्याउने प्रक्रिया अघि बढाइसकेकाले चाडपर्वमा कुनै समस्या नहुने जिकिर केसीले गरिन् ।

सामान्यतयाः स्वदेशी उद्योगहरुले मंसिरबाट उत्पादन थाल्छन् । स्वदेशमा उत्पादन हुने र आयात गरी भण्डारणमा राखिएको चिनीले प्रायः साउनसम्मलाई मात्र पुग्ने भएकाले त्यसपछि चिनीको माग धान्‍न समस्या पर्ने गर्छ ।  व्यवसायीले पनि आफू चिनी आयात गरेर राख्‍ने र मौका छोपी बढी मूल्यमा बेच्‍ने अनुभव छ । यस्तो सरकारले भन्सार आधा छुटमा आवश्यकताअनुसार चिनी ल्याएर बजारमा चिनीको मूल्य बढ्न दिँदैन । मंसिरसम्म यसरी नै माग धान्‍न आयात गर्नुपर्ने चलन वर्षेनि दोहोरिने गर्छ ।

खाद्यको चिनी तिहारलाई

सरकारबाट भन्सार आधा छुटसहित १० हजार मेट्रिक टन चिनी आयात गर्ने अर्को सरकारी कम्पनी खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले भने आयात प्रक्रिया सामान्य ढिलो गरेको छ । डकुमेन्टमा बढी समय लागेकाले खरिद प्रक्रिया लामो भएका कारण दसैंमा खाद्यको चिनी नआउने प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन् । उनका अनुसार चिनी तिहारसम्ममा आइपुग्छ ।

सुवेदीले भनिन्, “चिनी दसैंअघि आइपुग्‍ने सम्भावना न्युन छ । तिहारको माग धान्‍न भने कुनै हालतमा ल्याइसक्छौं ।”

यसो त कम्पनीले दसैंको माग धान्‍न अत्यावश्यक वस्तुको मौज्दात बढाउँदै गलेको छ । जसअनुसार सुर्यमुखी र तोरीको तेल १०–१० हजार लिटर खरिद खरिँदै छ । कम्पनीले मुसुरो दाल १ सय टन, मास ५० टन र रहर १ सय टन किन्‍ने जानकारी दिएको छ ।

यी वस्तु कम्पनीले सहुलियत मूल्यमा सर्वसाधारणलाई बेच्‍नेछ ।

कम्पनीले यो वर्ष पनि सहुलियत पसल सञ्‍चालन गर्ने जनाएको छ । कोभिड–१९ संक्रमण जोखिम बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षा अपनाएर उपभोक्तालाई राहत महसुस हुने गरी काम गर्ने प्रवक्ता सुवेदीले जानकारी दिइन् । यद्यपि सहुलियत पसल कुन मोडालिटीमा कसरी चलाउने निर्क्योल भइनसकेको उनको भनाइ छ ।

कम्पनीले अहिले अनलाइन माध्यमबाट पनि अत्यावश्यक खाद्य सामग्री बेचिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC