site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालमा कोभिड —१९ का कारण सबैभन्दा बढी प्रभावित सम्भवतः सार्वजनिक यातायातको क्षेत्र भएको छ । गत वर्ष २०७६ साल चैत ११ गतेबाट बन्द गरिएका सार्वजनिक यातायात आंशिकरूपमा केही दिन चलाउन खोजिए पनि खासै सफल भएन । अर्थात्, सार्वजनिक यातायात बन्द भएको पाँच महिनाभन्दा बढी भइसक्यो । सरकारले पछिल्लोपटक निषेधाज्ञा खुकुलो बनाउँदा पनि सार्वजनिक यातायात खोल्ने विषयमा केही बताएको छैन । यसले जनसाधारणको दिनचर्या त कष्टकर भएको छ नै सार्वजनिक यातायात क्षेत्रका व्यवसायी र कामदार सबै नराम्ररी प्रभावित भएका छन् । यातायातका साधनहरूमा समेत खिया लाग्ने अवस्था उत्पन्न भएको छ । यसैले सरकारले जे निर्णय गरे पनि असोज १ गतेबाट सवारी साधन सडकमा चलाउने जनाउ व्यवसायीले सरकारलाई दिएको हुनुपर्छ ।

सार्वजनिक यातायात सञ्चालन भयो भने जनसाधारणलाई धेरै सुविधा पनि हुनेछ । परन्तु, कोभिड—१९ को संक्रमण नियन्त्रित नभएको अवस्थामा पर्याप्त सावधानी अपनाउन नसके सार्वजनिक यातायात महामारीको प्रमुख कारक बन्नसक्छ । बन्दाबन्दी र निषेधाज्ञा नेपालमा कोभिड—१९ को संक्रमण रोक्न सफल उपाय बन्न सकेनन् । संसारको अरू भागमा सफल भएका उपायहरू नेपालमा किन विफल हुनु पक्कै पनि चिन्ताको विषय हो । सरकारलाई यातायात व्यवसायीले एकतर्फीरूपमा नै भए पनि असोज १ गतेबाट सवारी सञ्चालन गर्ने जनाउ दिएका छन् । त्यसलाई सरकारले सकारात्मकरूपमा लिएर तत्काल व्यवसायी र कामदारका प्रतिनिधिसँग छलफल गरी आवश्यक व्यवस्था मिलाउनु आवश्यक र उचित हुनेछ । सुरक्षित सेवा सञ्चालनका लागि मापदण्ड निर्माण गर्दा नै सरोकारवालाको सहमति भएमा कार्यान्वयन अपेक्षाकृत सहज हुने देखिन्छ ।

सार्वजनिक यातायात सेवा सञ्चालन नगरी नहुने अवस्था एकातिर छ भने अत्यन्त सावधानी नअपनाई यातायात चलाउँदा संक्रमणबाट भयावह परिस्थिति उत्पन्न हुनसक्ने जोखिम पनि उत्तिकै छ । संक्रमण फैलन नसक्ने गरी यातायात चलाउँदा यात्रु थोरै राख्नुपर्ने हुँदा भाडा कम उठ्ने र थप खेपैपिच्छे विसंक्रमण गर्नुपर्दा खर्च धेरै हुने हुँदा व्यवसायीले भाडा बढाउने र यात्रु धेरै चडाउने प्रयत्न गर्न सक्छन् । सार्वजनिक यातायात सेवा प्रयोग गर्ने अधिकांश यात्रुको आर्थिक अवस्थाका कारण महँगो भाडा तिर्नै नसक्ने हुनसक्छ । यस अवस्थामा सरकारले यातायात व्यवसायीलाई अनुदान दिएर पनि भाडा बढ्न दिनु हुँदैन भने संक्रमण फैलन नदिन आवश्यक सावधानी पालना गराउन अनुगमन प्रभावकारी बनाउनुपर्छ । सार्वजनिक यातायात सञ्चालन गराएर जनतालाई सुविधा दिनुपर्ने राज्यको दायित्व पूरा गर्न सरकार तत्पर र सहमत होला त ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC