site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना भाइरस र तितेपाती मोह 
Sarbottam CementSarbottam Cement

बीबीसी । गत अप्रिलमा पूर्वी अफ्रिकी मुलुक, मदागस्करले कोरोना भाइरसविरुद्ध एक चमत्कारी बिरुवाको प्रयोग गरिरहेको घोषणापछि पूरै विश्वको ध्यानाकर्षण गराएको थियो । ‘आर्टिमिसिया’ अर्थात् तितेपाती कोभिडविरुद्ध प्रभावकारी हुन्छ भनेर देशका राष्ट्रपति एन्ड्री राजोएलेना आफैँले अधिक प्रचार गरिरहेका छन् । 

तर विश्व स्वास्थ्य संगठन, डब्लूएचओले भने हालसम्म सो बिरुवाले कोरोनाका बिरामीलाई कुनै पनि फाइदा पुग्ने सम्बन्धी केही प्रमाण नभएको बताउँदै आएको छ । 

तितोपातीको उत्पत्ति एसियाली क्षेत्रबाट भएको हो जुन अहिले दुनियाभरि नै पाइन्छ । २ हजार वर्षदेखि यो बिरुवा चिनियाँ परम्परागत औषधिका रुपमा प्रयोग हुँदै आएको छ । यसले मलेरियासहित अन्य थुप्रै रोग ठीक गर्न सक्ने बताइन्छ । दुखाइ कम गर्नेदेखि ज्वरोको उपचारमा पनि यसको प्रयोग हुने गरेको छ । चीनमा यसको औषधिलाई ‘किनगाओ’ भनिन्छ भने कतिपय मदिरायुक्त पेय पदार्थमा पनि यसलाई मिसाइने गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

के तितेपातीले वास्तवमै कोरोनाविरुद्ध काम गर्छ त ?

मदागस्करका राष्ट्रपति रजोलिनाले गत अप्रिलमै यससम्बन्धी ट्रायल सञ्चालन भइरहेको र कोभिड विरुद्ध यो अर्गानिक पेय पदार्थ प्रभावकारी भएको दाबी गरेका थिए ।  सो पेय पदार्थमा तितेपातीको प्रयोग गरिएका सम्बन्धी उनले सेप्टेम्बरमा पनि अधिक प्रचार गरेका हुन् । तर अहिलेसम्म यसले वास्तवमै काम गर्छ भनेर कतै कहिँ पनि वैज्ञानिक रुपमा पुष्टि गरेर देखाइएको छैन । 

Global Ime bank

त्यस्तै सो पेय पदार्थमा तितेपातीबाहेक अरु केके प्रयोग गरिएको छ भन्ने पनि थाहा दिइएको छैन तर सरकारले यसलाई ६० प्रतिशत तितेपाती बिरुवाबाट निस्कासन गरिएको बताउँदै आएको छ । यति मात्र नभइ मदागस्करले यसका क्याप्सुल र सुइ लगाउन ‘सल्युसन’ को उत्पादन पनि थालेको हो जसको क्लिनिकल ट्रायल सुरु भइसकेको छ । 

जर्मन र डेनमार्कका वैज्ञानिकहरुले यसअघि तितेपाती बिरुवा सम्बन्धी रिसर्च गर्दा त्यसले ल्याबभित्र नयाँ कोरोना भाइरसविरुद्ध केही प्रभावकारीता देखाएको बताएका हुन् । 

तर सो अनुसन्धान अरु वैज्ञानिकहरुले स्वतन्त्र रुपमा विश्लेषण गरेका छैनन् । ल्याबमा गरिएको यस अध्ययनमा तितेपातीलाई इथानोल वा ‘डिस्टिल्ड वाटर’ अर्थात वैज्ञानिक शुद्धीकरण गरिएको पानीसँग मिसाउँदा यसले एन्टि–भाइरल गतिविधि देखाएको उनीहरुको भनाइ थियो । 
अहिले युनिभर्सिटी अफ केन्टुकीसँग सहकार्य गर्दै वैज्ञानिकहरुले यसको मानव परीक्षण गराउने सम्बन्धी काम गरिरहेका छन् । 

उता चीनले पनि परम्परागत औषधिमा आधारित रहेर यो बिरुवा सम्बन्धी आफ्नो छुट्टै रिसर्च गरिरहेको छ । 

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले तितोपातीसहित विभिन्न किसिमका बिरुवाहरु कोरोना विरुद्ध प्रभावकारी हुने सम्बन्धी ल्याब परीक्षण गरिरहेका छन् तर आजसम्म यी रिसर्चहरुबाट कुनै नतिजा प्राप्त भएको खबर गरिएको छैन । 

तितेपातीका बारेमा डब्लूएचओले के भन्छ ?

डब्लूएचओले अहिलेसम्म मदागस्करमा भएका परीक्षण सम्बन्धी विस्तृतमा जानकारी दिइसकेको छैन ।  अफ्रिकी क्षेत्रका डब्लूएचओ प्रमुखले बीबीसीसँग बताए अनुसार संगठनले प्रारम्भिक ट्रायलको नतिजा हेरेर पछि परीक्षणका समयमा मात्र यसमा संलग्नता जनाउन सक्छ । अहिलेका लागि भने डब्लूएचओले तितेपातीले कोरोना विरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण नभएको बताएको छ । 

तरपनि कोभिड सम्बन्धी क्लिनिकल ट्रायलहरुमा सबै जडिबुटीयुक्त बोट बिरुवाहरुको प्रभावकारीता परीक्षण गराउनुपर्ने डब्लुएचओको भनाइ छ । 

मलेरियाविरुद्ध यो कसरी प्रयोग हुन्छ ?

सुकेको तितेपातीमा पाइने सक्रिय तत्वलाई ‘आर्टेमिसिनिन’ पनि भनिन्छ जसले मलेरिया विरुद्ध काम गर्छ ।  १९७० मा मलेरिया विरुद्धको औषधि सम्बन्धी खोज गर्दा चिनियाँ वैज्ञानिकहरुले पहिलोपटक यसको गुण पत्ता लगाएका थिए ।  यसरी आर्टेमिसिननमा आधारित थेरापीहरुलाई ‘एसीटीज’ पनि भनिन्छ जुन डब्लूएचओले समेत मलेरिया विरुद्धको उपचारमा प्रयोग गर्न सुझाव दिने गरेको छ । 

मलेरियाको उपचारमा मुख्यगरी प्रयोग हुने क्लोरोकिन औषधिले काम नगरेको अवस्थामा यो वास्तवमै ठूलो राहत हुने बताइएको छ ।  एसीटिजमा तितेपातीसहित अन्य तत्वहरु मिसाइएको हुन्छ जसले शरीर भित्रका मलेरिया प्यारसाइटको सङ्ख्या घटाइदिन्छ । विगत १५ वर्ष मलेरियाको नियन्त्रणमा एसिटीजको प्रमुख भूमिका रहँदै आएको छ । 

तर यसलाई आवश्यक भन्दा बढी उपभोग गर्नुले भने शरीरलाई औषधि प्रतिरोधक बनाइदिने सम्बन्धी डब्लुएचओले चेतावनी दिँदै आएको छ ।  कतिपय दक्षिण पूर्वी एसियाली देशहरुमा मलेरियाले यसलाई प्रतिरोध गर्न थालेका अवस्थाहरु फेला परिसकेको छ । बीबीसीबाट
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC