site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनालाई लक्ष्य गरी शवदाहगृह निर्माण शुरु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

वीरगञ्ज । कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या देखिएपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीहरुले आफ्नै खर्चमा शवदाह गृहको निर्माण शुरु गरेका छन् । कोरोना भाइरसबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्न जाँदा स्थानीयवासीले अवरोध खडा गरेपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीले पहिलो चरणमा रु १० लाख लागतमा काठको मचान बनाई त्यसमा शवदाह गर्ने व्यवस्था गर्न लागेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।  

शवदाह गृह निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले वडा नं १३ स्थित रामजानकी मठ नजिकै सिरसिया नदी किनारमा ४० कट्ठा जग्गा उपलब्ध गराएको छ । शवदाह गृह निर्माणका लागि समाजसेवी राजकुमार दारुकाको संयोजकत्वमा १३ सदस्यीय व्यवस्थापन तथा निर्माण समिति गठन गरिएको छ । यसअघि कोरोनाबाट मृत्यु भएका मानिसको शवलाई खाल्डो खनी जमीनमुनि गाड्ने गर्दा सामाजिक परम्पराविरुद्ध भएकाले शवदाह गृह निर्माण गर्न लागिएको संयोजक दारुकाको भनाइ छ । रासस 

प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC