site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वीर्य
Sarbottam CementSarbottam Cement

सोमनाथ दाहाल


बेरोजगारीको पीडा सहन नसकेर नवीन बिदेसियो । नवीना गाउँ जान मानिन । सहरमै बसेर केही गर्छु भनी । उसले सहरमा जेनतेन जिन्दगी त चलाई । तर खासै ठूलो उपलब्धि हात पार्न सकिन । उता नवीनले पनि अपेक्षित सफलता हात पार्न सकेन । आफ्नो कमाइ बाँडचुँड गरेर ऊ सक्थ्यो । अलिकति नवीनाका भागमा पथ्र्याे । अलिकति घरमा बाआमाका भागमा र बाँकी रहेको रकम आफैंले खर्च गरेर सक्थ्यो । विदेशको बसाइ, वैधानिकताका नाममा नै उसले धेरै पैसा खर्च गर्नुपर्यो ।
भौगोलिक दूरीले माया घट्दैन रहेछ । प्रविधिले नवीन र नवीनालाई आपसमा बाँधिरहेकै थियो । उनीहरू दिनहुँ घण्टौं कुरा गरिरहन्थे । 

नवीन विदेशमै भएका क्षण नवीनाले छोरो पाई । नवीनले बधाई दियो । तर धेरैले कुरा काटे । रमिला नवीनाकै अफिसमा काम गर्छे । उसले भनी, “यो बाबु त ठ्याक्कै उसको बाबा जस्तै छ ।” उसले रमेशलाई त्यो बालकको बाबा सम्झिई । रमेश नवीनाको काकाको छोरो हो । उसले कहिलेकाहीँ नवीनालाई मोटरसाइकलमा राखेर अफिस पु¥याइदिने गथ्र्यो । रमिलाले यो सम्बन्ध थाहा पाएकै थिइन । उसले नवीनका बारेमा केही जानेकै थिइन । नवीनलाई देखेकी पनि थिइन । 

Prabhu Bank
Agni Group
NIC Asia

घरमा देवरले पनि कुरा काटे, “कसको पाप जन्माई त्यसले ? दाजु चाहिँ आफ्नै सन्तान भन्छ रे । विदेश गएको १० वर्षपछि यहाँ छोरो जन्मियो । शङ्का लागे जति सबैको डिएनए परीक्षण गर्नुपर्छ ।”

नवीन र नवीनाले शारीरिकभन्दा हार्दिक सुखलाई महत्व दिएका थिए । उनीहरूको बुझाइ थियो, “आज हामी टाढियौं । अर्कैसँग नजिकिएका छौं । भोलि अर्कैसँग नजिकिनुपर्ला । के जोसँग नजिकियो, उसैसँग शारीरिक सम्पर्क गर्ने ? कि कुण्ठा पालेर बस्ने ? यसै हो भने आजका उच्च बौद्धिक र वैज्ञानिक युगका हामी र हिजो जङ्गली युगका हाम्रा पुर्खामा के भिन्नता ? त्यसैले विज्ञानको उपयोग गरौं । विज्ञान वरदान हो ।” उनीहरूले शारीरिक सन्तुष्टिका लागि खेलौनाहरू प्रयोग गर्ने गरेका थिए । त्यसैले उनीहरूको तन र मन पवित्र मात्र होइन, अनेकौं सङ्क्रमणको चुनौतीबाट सुरक्षित पनि थियो । यो कुरा नवीन र नवीनाबाहेक कसैलाई थाहा थिएन । यिनीहरूका अरू धेरै कुरा कसैलाई थाहा थिएन । समुद्र देख्ने जोसुकैले समुद्रको गहिराइ नाप्न सक्दैन । नवीन र नवीनाको माया र विश्वास समुद्र झैं गहिरो थियो ।

Global Ime bank

ससुरा रिसले मुर्मुरिएछन् । सासू गाउँभरि कुरा काटेर हिँड्न थालिन् । नन्द, आमाजूको दिनचर्या नै कुरा काट्ने भयो । माइतीले परपरै चासो गरे । तर केही सोध्न सकेका थिएनन् । रमेशका आँखामा पनि शङ्काको भाव पोतिएको थियो । 

पहिलेपहिले त नवीनाले चुपचाप सहेर बिताइदिई । आखिर केही नलागेर उसले एउटा स्टाटस लेखी, “सीतालाई रामले सती ठानेपछि अनेकौं रावणहरू राम बन्न खोज्दा रहेछन्; सीताको अग्निपरीक्षा गर्नलाई ।”

यसले कुरा काट्नेहरूलाई झस्कायो । नवीनले घरमा वातावरण मिलायो । घरबाट नवीना बोलाइयो । भोलि त्यस नवजात शिशुलाई गृहप्रवेश गराउँदै छे, नवीना । त्यो बालक सहरको डेराबाट आफ्नो पुख्र्यौली घरमा भोलि भित्रिँदै छ । बिहान झिसमिसेमै उसको यात्रा प्रारम्भ हुन्छ । सायद यसैले ऊ अहिले साँझमै निदाइसकेको छ । नवीना आफ्नो यही दुईमहिने सन्तानका छेउमा बसेर ल्यापटपमा आँखा दौडाइरहेकी छे । नवीनाले सामाजिक सञ्जालमा नवीनसँग भएका पुराना संवाद हेरी अनि अनेकौं तीतामीठा क्षण सम्झिई । 

नवीन : प्रिया ! अब तिमीले मलाई बिर्सिन्छ्यौ क्यार । तिम्रा सबै चाहना र आवश्यकता मेरा अनुपस्थितिमा नै पूरा भए । अब मसँग तिमीलाई दिने के नै छ र ?

नवीना : त्यसो नभन प्रिय ! ...हो, मैले धेरै पाएँ । जे पाएँ तिम्रै असीम अनुकम्पाले पाएँ । तिमी टाढा भए पनि हरदम मलाई ख्याल गरिरहन्छौ । मेरा सम्पूर्ण इच्छा तिमीले नै पूरा गरिदियौ । साँच्चै त्यो पछिल्लो खेलौनाले त म तिमीलाई भुलुँला कि भन्ने भएको थियो । धेरै हदसम्म त्यसले तिम्रो अभाव कम गरिदिएको थियो । त्यसले मलाई तिम्रै जस्तो न्यानो अँगालो दिन्छ । मीठो र सुमधुर स्पर्श दिन्छ । भित्री हृदय नै झङ्कृत हुने गरी मीठो कम्पन दिन्छ । तिमी जस्तै मसँग जिस्कन्छ र खेल्छ । ऊ खेल्दै जान्छ; मलाई खेलाउँदै जान्छ । म तात्दै जान्छु; सायद अलिअलि मात्तै जान्छु । होस गुम्नै लागेको हुन्छ; अर्कै संसारको चरम सुखमा पुग्नै लागेकी हुन्छु । शरीरभर चिटचिटाहट हुन्छ । म असिनपसिन भएकी हुन्छु । ठीक त्यसैबेला भित्र अन्तर्हृदयलाई पगाल्ने तातो, चिप्लो र बाक्लो पानीले मेरो भित्री शरीरसम्म स्पर्श गर्दा त्यसैत्यसै लुलिन्छु म । उसलाई अँठ्याएका मेरा हात लुलिन्छन् । ऊ त्यहीँ छेउमा कता पल्टन्छ । म तिम्रै मीठो यादमा सिङ्गो रात सर्लक्कै निलिदिन्छु । साँच्चै त्यस खेलौनाले मलाई यति धेरै सुख दियो । तिमीलाई विस्थापित गरिदेला नै जस्तो लागेको थियो । तर सकेन । त्यसले मलाई खै के हो के अर्कै कुरा दिन सकेन । मेरा मनले खै के माग्छ माग्छ । त्यो त त्यसले दिनै सकेन । त्यो अमूर्त कुरा, जुन तिमीबाट मैले पाउँछु; संसारका कुनै यन्त्रले मलाई दिन सक्दैन; कुनै खेलौनाले दिन सक्दैन । त्यो असीम आनन्द र स्नेह केवल तिम्रो सान्निध्यले दिन्छ । त्यसकै प्रतीक्षामा मेरा मुटुका प्रत्येक धड्कन धड्किरहेका छन् । केवल तिमी आउने आशामा !

नवीना भावविभोर भई । भित्तामा अडेस लागेर आँखा चिम्लिई । ल्यापटप काखमै थियो । केही बेरपछि उसका आँखाले स्क्रिन नियाले । ऊ अरू नै तर पुराना संवादको खोजीमा लागी ।

नवीना : प्रिय ! आज म तिमीसँग केही माग्न चाहन्छु । तिमी जसरी भए पनि देऊ है । नाइँ नभन है ।

नवीन : भन प्रिया ! आज तिमीले जे मागे पनि दिन म तयार छु । 

नवीना : त्यो तिमीले आफैं जानेर दिनुपर्ने कुरा हो । म कसरी भनूँ !

नवीन : तिमीले के माग्न खोजेकी हौ, त्यो कसरी म बुझूँ ?

नवीना : उसो भए तिमी मलाई माया गर्दैनौ कि ? उस बेला त भन्थ्यौ, “प्रिया ! तिमी वर्षात्मा रूझेर रोइरहँदा तिम्रा आँसु र पानी छुट्याउन सक्ने सामथ्र्य ममा छ । खै आज तिमी मेरो मनोकाङ्क्षा नबुझ्ने ? (ठुस्स परेको स्टिकर टाँसिएको छ ।

नवीन : त्यसो होइन प्रिया ! तिमीले नभनेका कुरा पनि म बुझ्छु । तिमीले भन्न आँटेका कुरा पनि बुझ्छु । तर... के भने नि, केहीकेही कुरा तिमीले मुख खोलेरै मागेको प्रिय लाग्छ मलाई त । हाहाहा ।

नवीना : नकच्चरा ! कत्ति जिस्क्याउन जानेको !

नवीन : अब तिमीसँग नजिस्के कोसँग जिस्कूँ त म ? हाहाहा ।

नवीना : भो धेरै ठट्टा नगर । भन त मलाई दिने कि नाइँ ?

नवीन : प्रिया ! म वाचाबद्ध छु । आज संसारको जुनसुकै खुसी तिमीले मागे पनि म दिन तयार छु । ...तर त्यो के हो, एक पटक मात्र भनिदेऊ न ।

नवीना : कुरो के भने नि...। छ्या मलाई लाज लाग्छ । आफैं बुझ न अब त ।

नवीन : कसरी बुझूँ आफैं ? फेरि मलाई तिमी लजाएको असाध्यै मनपर्छ के । कस्सम ! लजाउँदा तिमी बादलको हलुका घुम्टो ओढेको चन्द्रमा झैं सुन्दर देखिन्छ्यौ । लजाइलजाई मुखै खोलेर भन न प्रिया ! आज तिमीलाई म के दिऊँ ?

लेखेर गरिरहेको कुराकानी चटक्कै छाडेर नवीनाले नवीनलाई भिडियो कल गरी । उनीहरू स्क्रिनमा एकअर्कालाई हेर्दै कहिले मुस्कुराउँदै, कहिले ठुस्स पर्दै कुरा गर्न थाले ।

नवीन : च्याट छाडेर कलै ग¥यौ त, प्रिया ! किन ? के भन्न आँट्यौ ? ल्यापटपको स्क्रिनमा नवीन मुस्कुरायो । 

नवीना : तिमीले मलाई “मुखै खोलेर भन भन भन” भनेको होइन त ? सुन, अब म मुखै खोलेर भन्छु ।

नवीन : भनिहाल न । ढुकढुकी बढिरहेको छ । के माग्न खोजेकी हौ, तिमीले ?

नवीना लजाई । अलिकति नखराएको भावमा मुख छोपी । खित्त हाँसी र भनी, “वीर्य !” ओठ टोकेर ऊ अर्कातिर फर्किई । अलि सानो तर भित्रैदेखि निस्किएको आवाजमा भनी, “वीर्य माग्छु म; तिम्रो वीर्य ।

नवीन टोलाइरह्यो । उसको अनुहारमा अर्कै ज्योति देखियो । खुसी खुसी भए झैं । तर त्यो खुसी छताछुल्ल भएर पोखिएन । अनुहारकै आभा बनेर चम्किरह्यो । 

“आमा बन्न चाहन्छु म, तिम्रो सन्तानाकी आमा,” अलि दह्रो भएर नवीनाले भनी । 

धेरै बेर उनीहरू एकले अर्कालाई हेरेर टोलाइरहे । कोही केही बोलेनन् ।

धेरै दिन पर्खनुपरेन । नवीनले नवीनालाई केही दिनपछि प्रत्युत्तर पठायो । उसले लेखेको थियो, “तिमी तयार छ्यौ, प्रिया ! म तिमीलाई वीर्यदान गर्न आतुर छु । तर यो काम अर्धकानुनी हुनेछ ।”    

ती दिन नवीनाले सकसमा बिताई । पहिलो कुरा त उसलाई खानामा अरूचि भयो । बल गरेर खायो; वाक्क आउँथ्यो । खाएको भन्दा बढी ह्वाल्ल जान्थ्यो । नातागतले सताउँथ्यो । भनन्न रिँगाटा लाग्थ्यो । त्यस बेला ऊ नवीनलाई असाध्यै सम्झन्थी, ऊ भइदिएको भए टाउको समाएर मलाई ढाडस दिन्थ्यो । सँगसँगै अस्पताल जान्थ्यौं । पहिलो चोटि डक्टरले “बधाई छ, तपाईं बुबा बन्ने हुनुभयो” भन्दा ऊ कति खुसी हुन्थ्यो । बरा ! अहिले पनि ऊ खुसी त भयो होला । तर मैले उसको खुसी नियाल्न पाइनँ । ऊ नवीनलाई सम्झेर घण्टौंसम्म टोलाइरहन्थी ।

दोस्रो, नवीनले भनेको ‘अर्धकानुनी’ कुराले उसलाई धेरै दिनसम्म पिरोल्यो । आखिर यो पिरोलो नवीनले नै सुल्झाइदियो । उसले भन्यो, “गाइनो डक्टरको सहयोगमा मेरो वीर्य तिमीले ग्रहण गर्नु वैधानिक कार्य हो । तर म यहाँ, तिमी त्यहाँ । म त्यहाँ आउने सम्भावना अहिले नै देखिन्न । म आउन्जेल हाम्रो उमेर ढल्किसक्ला । तिमी सन्तान जन्माउन समर्थ नरहुली । मैले यहाँबाट वीर्य पठाउने कानुनी प्रावधान छैन । त्यसैले सेटिङ मिलाएर पठाउन लागेको हुँ । सितिमिति यो कुरा कसैलाई थाहा हुँदैन । हामीमै सीमित रहन्छ ।”

तेस्रो र गम्भीर उसको मानसिक बेचैनी थियो । मानसिक हुरीले उडाएर उसलाई कहाँकहाँ पुर्याइदिन्थ्यो । ऊ धेरै समय टोलाउँथी, सुस्ताउँथी अनि आफैंलाई अनेकौं प्रश्न गरिरहन्थी । ‘किन मैले यसो गरें ? यसो नगरेको भए हुँदैनथ्यो ? के यो गर्न हुने काम हो ? के मैले सन्तान जन्माउनैपर्छ भन्ने केही छ ? नवीन किन परदेसिएको ? के यो धर्ती नवीनका लागि उजाड छ ? म किन नवीनसँग नगएकी, उसले मलाई कैयौं पटक बोलाएकै थियो । के ममा भएको राष्ट्रवाद फोस्रो हो । मलाई मेरो घर, समाज र राष्ट्रको माया लाग्यो । यिनै कारणले म देश छाडेर नवीनसँग निजी स्वार्थका पछि दौडन सकिनँ । के यो पाप हो ? कालान्तरमा उसलाई यही देशमा फिर्ता बोलाउने मेरो सपना ढुङ्गाका अक्षर झैं मेरा हृदयमा कुँदेर राख्नु के मेरो भ्रम हो... ।

नवीनाका आँखा स्क्रिनमा भएको अर्को संवादमा पुगे । 

नवीन : प्रिया ! म तिम्रो माग पूरा त गरूँला । तर अलि रिस्क छ है । 

नवीना : के रिस्क ?

नवीन : तिमीले मान्छे पाउने हौ कि बोको, बाख्रो, गोरू वा गाई । हाहाहा ।

नवीना : के भनेको त्यस्तो ? किन मजाक गरेको ? 

नवीन : के भने नि... मेरो एउटा साथी पशुवीर्य सप्लाई गर्ने कम्पनीमा काम गर्छ । उसले त्यहाँ पनि सेटिङ मिलाएको छ । म उसकै सहयोगमा वीर्य पठाउँछु ।

नवीना : अनि के भो त ?

नवीन : मजाक मात्र गरेको । 

नवीना : के मजाक ?

नवीन : कतै मेरो वीर्य भनेर पशुवीर्य पो पर्ने हो कि ?

नवीना : हँ ! 

नवीना नमज्जाले झस्किई । नवीनले नवीनालाई सम्झाउने प्रयास गर्यो । 

नवीन : त्यसो हुँदैन के । मैले गाइनो डक्टरसँग कुरा गरिसकेको छु । राम्रो परीक्षण गरेर मात्र वीर्यसेचन गरिन्छ ।

हो, यही कुराले नवीनालाई तनाव बढायो । मन न हो, किन मान्दो रहेछ र ? किन ढुक्क हुन सक्थी ऊ ? ऊ घरी डक्टरलाई शङ्का गर्थी, घरी प्राविधिक त्रुटि भयो भन्ने उसलाई लाग्थ्यो । नवीनकै साथीले कैफियत गर्ने पो हो कि भन्ने पनि उसले ठानी । वीर्यसेचन गरेका क्षणदेखि उसको हृदयमा यो पीडा गहिरो किला झैं गडेर बस्यो । यसैले उसलाई सपना पनि बेचैन बनायो । 

त्यस रात उसलाई कस्तो ऐंठन भएको, झन्डै खुस्किथी बिचरी । सपनामा उसलाई प्रसव व्यथा भएछ । उसले सन्तान पाइछ । तर त्यो सन्तान मान्छेको शरीर र बोकाको टाउको भएको । आफ्नो नवजात शिशुको यस्तो हालत देखेर बिचरीलाई कस्तो भयो होला ! न त ऊ आमा हुन पाउँदा खुसी हुन सकी, न आफ्नो त्यस्तो विरुप सन्तानलाई उसले त्याग्न नै सकी । आखिर त्यो उसको सन्तान थियो । सन्तानको मुख मात्र देख्दा आमाको हृदय त्यसै पग्लँदो रहेछ । जस्तै विरुप भए पनि आफ्नो सन्तान आमालाई प्यारो हुँदो रहेछ । उसले आफ्नो सन्तानलाई अमृतरुपी छाती चुसाई अनि बिस्तारै हुर्काउँदै लगी । त्यो सन्तान विद्यालय जाने भयो । विद्यालयका बालबालिका उसलाई देखेर डराउँथे । उसलाई गिल्ला गर्थे । कोही पनि उसका साथी बन्न मान्दैनथे । एक दिन ऊ रूँदै आमाका छेउमा आयो र भन्यो, “आमा, यस्तो बिरुप मलाई जन्मिएकै क्षण मारिदिएको भए हुन्थ्यो नि । तपाईंलाई पनि त्यति धेरै कष्ट पर्दैनथ्यो ।” आमाको हृदय छोराका यस्ता वचनले चरक्क चिरियो । उसले छोरालाई अँगालो हाली अनि डाँको छाडेर रून थाली । उसले त्यही रूवाइभित्र कैयौं पीडा देखी । उसलाई भीर लडे झैं लाग्यो । आकाश खसे झैं लाग्यो । बाढीले बगाउला झैं लाग्यो । ऊ छोरो बोकेर अज्ञात स्थलतर्फ दौडन थाली । ऊ थकानले लखतरान भई । पूरै शरीर असिनपसिन भयो । ऊ बेचैनीले बर्बराउन थाली । त्यही बर्बराहटले उसको निद्रा बिथोलियो । ऊ लामोलामो सास फेर्दै थिई । 

भिडियो एक्सरे गरेर गर्भपरीक्षण गरेपछि मात्र ऊ यस्तो बेचैनीबाट मुक्त भई ।

सिङ्गो गर्भवती समय उसले एक्लै बिताउनुप¥यो । उसलाई सहयोग गर्ने कोही भएन । आखिर नवीनको वीर्यदानबाट नवीनाले समय पुगेपछि सन्तान जन्माई । नवीनकै सहयोग र सद्भावले ऊ भोलि घर जाने तयारीमा छे । 

आधा रातसम्म नवीना ल्यापटपमा झुम्मिइरही । अनेकौं तीतामीठा स्मरण सिनेमाका दृश्य झैं उसका स्मृतिपटलमा आइरहे । उसलाई आज निदाउन मनै थिएन । बिहानै यात्रामा निस्कनुपर्ने भएकाले उसले सुत्ने तयारी गरी । ल्यापटप थन्क्याई, बिस्तारामा पल्टिई, आँखा चिम्लिई । तर ऊ निदाउन सकिन । ऊ मीठो तन्द्रामा थिई । यत्तिकैमा युवाहरूको एउटा जमात उसका घरअगाडिबाट कतै जाँदै थियो । को रहेछन् ? ऊ हेर्न निस्किई । अचम्म ! झलमल्ल घाम लागेका रहेछन् । “के सारो निदाइएछ !” उसले मनमनै भनी अनि ती युवाहरूलाई नियाली । तिनीहरू उँभैउँभो लागे । तिनीहरू एउटा अग्लो चुचुरामा पुगे । त्यस चुचुरामुनिको जमिन उजाड थियो । त्यो मरूभूमि रहेछ । नवीनाले आँखा दौडाई । मरूभूमिको क्षेत्र बढ्दै गएछ । रुख, बिरूवा केही नभएको, कस्तो उराठलाग्दो मरूभूमि ! नवीना बसेको घर र वरपरको क्षेत्र पनि मरूभूमि देखियो । उसले आँखा दौडाइरही । हरिया बोट कतै देखिएनन् । उसले झन् टाढासम्म आँखा दौडाई । उसलाई लाग्यो– सिङ्गो देश मरूभूमि छ । उता चुचुरामा पुगेका युवाहरू हल्ला गर्न थाले । उफ्रिन थाले । खन्न थाले । जोत्न थाले । उनीहरू कुनै व्यस्त मान्छेले केही गरिरहे झैं सक्रिय देखिन्थे । अरू युवाहरूको ताँती त्यहाँ आउँथ्यो, मिसिन्थ्यो र काममा व्यस्त हुन्थ्यो । जति त्यहाँ आए; तिनीहरूका शरीरबाट पसिना बग्न थाल्यो । पसिना नदी बनेर बग्यो । जताजता मरूभूमि थियो, त्यता त्यता सिँचियो । सारा देश पसिनाले सिँचियो । हेर्दाहेर्दै मरूभूमि कता भाग्यो कता ! सारा संसार हरियाली देखियो । सुन्दर फूल फुले; सर्र बतास चल्यो; हर्र बास्ना आयो । नवीनाले अपार आनन्द महसुस गरी । आनन्दले भरिएका आँखा उसले फेरि युवाहरूको भीडमा दौडाई । भीडमा कोही कोही चिनेका जस्ता देखिए । उसलाई नवीन त्यहीँ छ जस्तो लाग्यो । ऊ नवीन छ कि भनेर नियाल्दै थिई । अलार्म बज्यो । यो त उसको मीठो सपना रहेछ । आज उसलाई सपनाबाट ब्यूँझिएकोमा नरमाइलो लाग्यो । ऊ अर्कापट्टि फर्किएर सुत्न सकिन । किनभने उसले यात्रामा जानु थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC