site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
देखेजस्तो रहेनछ चलचित्र
Sarbottam CementSarbottam Cement

चलचित्र ‘बुलबुल’ बाट नेपाली रजतपटमा डेब्यु गरेका मुकुन भुसाल त्यसयता चलचित्रमा देखिएका छैनन् । एकाध म्युजिक भिडियोमा अभिनय गरे पनि दर्शकले उनलाई चलचित्रमा देख्न पाएका छैनन् । केही चलचित्रमा साइन गरिसके पनि कोरोनको कहरका कारण उनी दर्शकमाझ आउन सकेका छैनन् । ‘बुलबुल’ पछि उनलाई थुप्रै चलचित्रबाट अफर आए पनि चित्त बुझ्दो स्क्रिप्ट अभावमा उनले साइन गरेनन् । राम्रा स्क्रिप्टमा मात्रै काम गर्ने बताउने मुकुनको एउटा चलचित्र प्रदर्शनका लागि तयार छ । अर्को छायांकन हुँदाहुँदै बीचमै अलपत्र पर्यो । त्यसयता उनले एउटा सिरिजमा पनि काम गरे, भलै रिलिज भएको छैन । उनै मुकुनसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी : 

‘बुलबुल’ पछि तपाईं हराउनुभयो किन ? 
‘बुलबुल’ पछि धेरै अफर आए । तर पात्रमा जीवन भेटियोस् भन्ने खोजीमा रहेँ । करिब एक वर्षको अन्तरालमा मैले ‘झिँगे दाऊ’ चलचित्रमा काम गरेँ । सायद गएको जनै पूर्णिमामा रिलिज हुन्थ्यो । तर कोरोनाका कारण रिलिज हुन सकेन । ‘झिँगे दाऊ’ रिलिजको करिब एक वर्ष रिलिज हुनेगरी ‘विच्छेद’ नामक चलचित्र छायांकन हुँदै थियो । तर बीचमै लकडाउन भयो । 

म आफ्नै काममा पनि रमाउने मान्छे । पढाउन पनि व्यस्त भएँ । ‘के माया लाग्छ र’ भन्ने गीतको भिडियोमा पनि अभिनय गरेँ । 

कस्ता अफर आउँदा रहेछन् ? 
जे हिट भयो त्यही चाहियो । ठ्याक्कै तपाईंले गरेजस्तै चाहियो भन्नुहुन्छ । एउटै खालका अफरहरू आए । फलानो गीतको जस्तै भिडियो गर्नुपर्यो भन्नुहुन्छ । त्यस्तै गर्ने हो भने त त्यही छँदै छ नि । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा पनि त्यस्तै नै हो । नयाँ मेकरहरूको रोजाइमा परेँ । चोपेन्द्र जस्तै क्यारेक्टरमा अफर आए । टाइप कास्ट हुने डर लाग्यो । त्यसैले साइन गर्न सकिनँ । 

रिलिज हुने चललित्र कोरोनाका कारण रिलिज भएन । छायांकन भएको चलचित्र बीचमै रोकियो । ग्याप गरौं भनेर त होइन तर परिस्थितिले नै केही समय ढिलो गराइदियो । 

Global Ime bank

कोभिड–१९ का कारण होटेल तथा पर्यटनसँगै सबैभन्दा धेरै चलचित्र उद्योगमा असर परेको छ । यसमा आश्रित तपाईंहरूको अवस्था कस्तो छ ? 
व्यक्तिगत रूपमा त मलाई खासै समस्या छैन । बीचमा तीन महिना त म घरमै गएँ । त्यसैले पनि मलाई समस्या भएन । 

यो लकडाउनले मलाई क्रिएटिभ बनायो । केही सोच्न बाध्य बनायो । कलाकारलाई वैकल्पिक केही पेसा वा व्यवसाय गर्नुपर्ने रहेछ भन्ने भयो । चलचित्र क्षेत्र भनिए पनि वास्तवमा चलचित्र उद्योग भइसकेको रहेनछ भन्ने बोध भयो । 

अधिकांश टेक्निसियन तथा केही नाम चलेकै कलाकारले पनि कोठाभाडा तिर्ने समस्या भएको सुनियो । हामीले जसरी ओहो ! चलचित्र उद्योग, चलचित्र क्षेत्र भनिरहेका थियौं– त्यस्तोचाहिँ रहेनछ भन्ने सोच्न बाध्य बनायो । 

बाहिर देखिने तडकभडक मात्रै रहेछ ?
त्यो त स्पष्टै देखियो नि । चलेकै राम्रै एक्टरहरूले अन्तर्वार्तामै कोठाभाडा तिर्ने पैसा भएन भने । हामी त यत्तिकै रमाइरहेका रहेछौं । यथार्थमा त गाह्रो रहेछ भन्ने सिकाइ भयो । त्यसैले पार्टटाइम केही न केही गर्नुपर्ने रहेछ भन्ने थाहा पनि भयो । 

पहिला म्युजिक भिडियो पनि खेल्ने हो भन्ने नायक–नायिकाहरू अहिले आफैं म्युजिक भिडियो खेल्न थालेका छन् । यस्तै अवस्था रहिरहने हो भने भोलिको अवस्था कस्तो होला ? 
गर्ने त अभिनय नै हो । तर अब अवस्था सहज नहुँदासम्म प्लेटफर्म परिवर्तन गर्ने हो । म्युजिक भिडियो गरे पनि त्यो अभिनय हो । आ–आफ्नो रहर हो । कसैलाई म्युजिक भिडियो नै फलिफाप भएको छ । 

मान्छे हलमा गएर चलचित्र हेर्न अझै कम्तिमा दुई वर्ष लाग्छ जस्तो छ । विश्वका अरू देशमा जसरी यो समय डिजिटल प्लेटफर्महरू विकास र प्रयोग भए त्यस्तै हाम्रोमा पनि डिजिटल प्लेटफर्म हुनुपथ्र्यो । 

नेट्फ्लिक्सको सब्सक्रिब्सन यो समयमा नेपालमै कति धेरै बढ्यो । तर हाम्रोमा भएका डिजिटल प्लेटफर्म पनि सफल हुन सकेनन् । कारण हाम्रा डिजिटल प्लेटफर्म चलाउनेसँग आफ्नै कन्टेन्ट भएनन् । एउटा–दुईटा चलचित्र राख्दैमा त्यो सफल पनि हुँदैन । 

हाम्रोमा युट्युबमै भरपूर मनोरञ्जन भेटिरहेको छ । त्यहाँ कस्ता सामग्री रुचाइएको छ । यसले हाम्रो समाज कतातर्फ गइरहेको छ भन्ने पनि स्पष्ट हुन्छ । यो समय हामीले धेरै चलचित्र हेर्यौं । साहित्य पढ्यौं ।यसले पक्कै पनि केही स्तर वृद्धिमा सहयोग गर्यो भन्ने अपेक्षा छ । त्यसैले समयअनुसार प्लेटफर्म पनि परिवर्तन गर्नुपर्छ । हलमा गएर चलचित्र हेर्ने अवस्था सहज नहुँदासम्म डिजिटल प्लेटफर्म हुनुपर्छ । 

कलाकारहरू जीविकोपार्जनका लागि अभिनयबाटै पलायन हुनुपर्ने अवस्था त आउने होइन ? 
अभिनयबाटै पलायन हुने अवस्था त आउँदैन । हलमा गएर सिनेमा नहेरे पनि, हलका लागि सिनेमा नबने पनि परिवर्तित समयअनुसार चलचित्र क्षेत्र पनि अगाडि बढ्छ । काम गर्नेले जसरी जहाँ पनि काम गरिरहेकै छ । दिनकै पाँच, सातवटा म्युजिक भिडियो बनिरहेका छन् । चलचित्र भएन भने म्युजिक भिडियो र सिरिजमा काम गर्नुपर्यो । 

कलाकार भएर बाँच्न कत्तिको गाह्रो रहेछ ?
मेरो कुरा गर्ने हो भने त मलाई केही गाह्रो छैन । रहरले गरेको काम हो, सन्तुष्ट नै हुनुपर्छ । यतिका वर्ष लाखौं खर्च गरेर मनले खाएको क्षेत्रमा काम गर्न पाइएको छ । जिन्दगीको बाटोमा कहिले उकालो कहिले ओरालो यो रीत नै हो । त्यसैले लौन गाह्रो पो भयो भन्ने लाग्दैन । कारण प्रशस्त विकल्प छन् हामीसँग । 

विस्तारै अवस्था सहज हुँदै जान्छ । हामी पुरानै दैनिकीमा फर्किन्छौं । डराउनु वा आत्तिहाल्नुपर्ने छैन । अलिकति गाह्रो भयो होला तर यसले कलाकारलाई धेरै कुरा सिकायो । 

कोरोनाका कारण काम गुमाएका कलाकारलाई सरकारले सहयोग गर्नुपर्ने अवस्था आइसकेको हो ? 
चलचित्र क्षेत्र मात्रै होइन, सरकारले सहयोग गर्नुपर्ने ठाउँ त धेरै छन् । रत्नपार्कमा खाना खान नपाएर जम्मा भएका नागरिकलाई हेर्दा नै थाहा हुन्छ अवस्था कस्तो छ । खोई त्यहाँ सरकार ? ठूलो मन र धन भएकाहरूले खुवाइरहेकै छन् । कलाकार मात्रै होइन यहाँ सरकारको उपस्थिति र सहयोग धेरै क्षेत्रले खोजेको छ । अर्बाैं लगानी गरेका होटेलहरू ठप्प छन् । बरु कलाकारले म्युजिक भिडियो खेले । गीतहरू गाए । केही भए पनि राहत भयो ।

तर करोडौंका गाडीमा लौका र घिरौंला फलेका भिडियोहरू देखिरहेका छौं । उनीहरूलाई चाहिएको छ सरकार र सहयोग । अरू देशमा यो महामारीमा नागरिकको बैंक एकाउन्टमा सरकारले पैसा जम्मा गरिदियो भन्ने खबर आउँछ । होला हाम्रो सरकारले त्यसो गर्न नसक्ला । तर जनता भोकै भएको ठाउँमा सरकार देखिनु त पर्यो । 

कोरोनाअघिको चलचित्र र पछिको चलचित्रमा केही फरकपन आउने सम्भावना छ ?
यो समयले आफैं गर्दै जाने कुरा हो । विश्वयुद्धअघि र पछाडिका चलचित्र हेरौं । भारत स्वतन्त्र हुनुभन्दा अगाडि र पछाडिका भारतीय चलचित्र हेरौं तात्विक अन्तर पाइन्छ । हो यस्ता कुराहरूले ट्रेन्ड चेन्ज गराउन मद्दत गरिरहेका हुन्छन् । 

हाम्रा चलचित्रकर्मीको इच्छाशक्ति र इतिहास हेर्दा त यो विश्वास गर्न सकिँदैन होला नि ?
यो महामारीमा हामीले वर्ल्ड क्लासका सिनेमा हेर्यौं । ती सिनेमा हेर्दा हामी कहाँ छौं भन्ने थाहा पायौं । यो सत्यलाई हामीले नजरअन्दाज गरेर हिँड्यौं भने फेरि पनि पछि पर्ने हामी नै हो । 

तर तपाईंले भनेको कुरालाई पनि नजरअन्दाज गरेर शतप्रतिशत परिवर्तनको दाबी गर्न सकिँदैन । किन भने हिजो भूकम्प र नाकाबन्दीमा अब हामी स्वावलम्बी र आत्मनिर्भर हुनुपर्छ भनेकै हौं । तर त्यो आजसम्म पनि भएको छैन । तर पनि आशा गरौं पक्कै अब हामीले सिनेमामा फड्को मार्नेछौं । त्यसतर्फ हामी सबैको ध्यान जानेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC