site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाविरुद्ध खोपको नेपालमा 'क्लिनिक ट्रायल' छिट्टै सुरु गर्छौं : स्वास्थ्य मन्त्रालय
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको 'क्लिनिक ट्रायल' छिटै नै सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका कोभिड-१९ फोकल महेन्द्र श्रेष्ठ नेपालमा कोरोना भाइरसविरुद्धको खोपको 'क्लिनिक ट्रायल' छिटै नै सुरु गरिने जानकारी दिए ।  

उनका अनुसार विभिन्‍न देशहरुले खोपहरुको विकास गरेर 'क्लिनिक ट्रायल' गरिरहेका छन् । उक्त खोपको 'क्लिनिकल ट्रायल' नेपालमा गर्न राष्ट्रिय खोप सल्लाहकार समितिलाई पहल गर्न भनिसकेको उनले बताए । उनले भने,“खोपको 'क्लिनिक ट्रायल'का विषयमा मन्त्रालयमा छलफल गरेर छिटै नै सुरु गछौँ ।”

Agni Group

होङ्सी कम्पनीका कर्मचारीहरुलाई चीनले नै उत्पादन गरेको कोरोनाविरुद्धको खोपको 'क्लिनिक ट्रायल' गर्न अनुमति दिइएको उनले जानकारी दिए । स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा रुसको खोप, अक्सफोर्ड ग्रुपले उत्पादन गरेको खोप र चीनमा उत्पादित खोप नेपालमा 'क्लनिक ट्रायल' गर्ने जनाएको थियो । 

अन्य देशमा प्रभावकारी देखिएको औषधि वा भ्याक्सिन नेपालमा पनि परीक्षणविना प्रभावकारी मान्‍न नसकिने हुँदा 'क्लिनिक ट्रायल' गर्नुपर्ने परिषदले जनाएको छ ।

Global Ime bank

नेपालमा खोपको 'क्लिनिक ट्रायल'मा सहभागी हुनेले खोप लगाउन म तयार छु भनेर पेपरमा हस्ताक्षर गरेपछि मात्र उक्त व्यक्ति सहभागी हुन पाउने छन् ।  यसअघि नेपालमा 'टाइफाइड'को खोपको क्लिनिक ट्रायल गरिएको थियो  ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC