site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘भ्रष्टाचारको मामिलामा पञ्‍चायत र गणतन्त्रमा फरक भएन, कमिसन कानुन चाहियो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचार, अनियमितता र घूसखोरी नियन्त्रण गर्न नयाँ कानुन आवश्यक रहेको बताएका छन् ।

स्थायी कमिटीको शुक्रबारको बैठकमा बोल्दै नेता खनालले शासन–प्रशासनमा भ्रष्टाचार व्याप्त रहेको र अनियमितता बढेको निष्कर्ष निकाल्दै आफूले नयाँ कानुन निर्माण गर्नुपर्ने बताएको जानकारी दिए ।

“पञ्चायतमा भ्रष्टाचार–अनियमित, घूसखोरी रोकिएन । त्यसका विरूद्ध हामी लडेर आयौं,” खनालले बैठकमा उठाएको कुरा बाह्रखरीसँग भने, “२०४६ सालको परिवर्तनपछि पनि कमिसनखोरी फाल्न सकिएन । अब गणतन्त्रमा दोहोरिइरहनु राम्रो कुरा होइन । कमिसनखोरी र भ्रष्टाचारलाई नियन्त्रण गर्न नयाँ कानुन अपरिहार्य छ । यसलाई हदैसम्म दण्डित गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

खनालले नेकपाको अहिलेको निकास दीर्घकालीन समाधान नभएको बताएका छन् । कार्यदलले छोटो समयमा सुझाव प्रतिवेदन तयार पारेर निकासको बाटो पहिल्याएको बताउँदै, यही आधारमा एकताबद्ध हुँदै पार्टी महाधिवेशनमा जाने बताए ।

“हामी एकताबद्ध हुँदै महाधिवेशनमा जान्छौं । असहमति छन् भने पनि महाधिवेशनले समाधान दिन्छ । अब हामी त्यो दिशामा अगाडि बढ्यौं,” उनले भने ।

Global Ime bank

अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा केही कुरा परिमार्जन आवश्यक रहेको खनालको भनाइ  छ ।

“प्रतिवेदनका सन्दर्भमा अन्तरसङ्घर्षलाई परिभाषित गर्न आवश्यक रहेको, महाधिवेशनलाई एकता र प्रगतिको महाधिवेशन बनाउन जरुरी भएको, पार्टी कमिटी प्रणालीलाई नै स्थापित गर्नुपर्ने आवश्यकता देखिएको, समाजवादको कार्यदिशा र लक्ष्यलाई अझ प्रष्ट बनाएर अघि बढ्नुपर्ने, पार्टी नेतृत्वबिना समाजवादको दिशामा जानै नसकिने, तीनै तहमा पार्टी–सरकारको सम्बन्ध व्यस्थित गर्नुपर्ने र एमसीसीलाई तुरुन्तै टुङ्गो लगाउनुपर्ने आदि सुझाव राखेको छु,” खनालले भने ।

खनालले दुई अध्यक्षको कार्यविभाजन टुङ्गो लागेको र आजैबाट कार्यान्वयनको प्रक्रिया आरम्भ भएको पनि जानकारी दिए । बैठक सुरु हुनेबित्तिकै आरम्मै आफ्ना कुरा राखेर ओली बाहिरिएका थिए । त्यसपछि प्रचण्डले बैठक समापन गरेका थिए ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक आजै सकिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC