काठमाडौं । यातायात व्यवसायी र मजदुर संगठनले आगामी असोज १ देखि लामो दूरीका गाडी चलाउन लागेको जानकारी सरकारलाई गराएका छन् । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर यस्तो जानकारी गराएका हुन् ।
सरकारले भदौ ३२ गतेसम्म अन्तर जिल्ला यातायात सञ्चालनमा रोक लगाएको छ । ६ महिनादेखि गाडी बन्द गरेर राख्दा पनि सरकारले वास्ता नगरेको र अब गाडी थन्क्याएर राख्न नसक्ने जानकारी मन्त्री नेम्वाङलाई गराएका छन् । व्यवसायीले असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्न, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन गर्न, सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्न पनि माग गरेका छन् ।
अहिलेसम्म सरकारको निर्णय मान्दै आएको तर यत्तिका दिनसम्म पनि सरकारले आफूहलाई नगरेकाले अब त्यसै बस्न नसक्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।
फाइल तस्बिर।