site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्थानीय तहका रिक्त पदाधिकारीको विवरण माग
Ghorahi CementGhorahi Cement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई  निर्देशन दिएको छ । 

मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले  समितिलाई पत्र लेख्दै यही भदौ ३० गतेभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिएका हुन् ।

Agni Group

यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण संकलन गरी उपनिर्वाचन गरेको थियो । गत मङ्सिर १५ गते निर्वाचन आयोगले विभिन्न कारणले रिक्त स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । 

उक्त  उपनिर्वाचन स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाका अध्यक्ष, एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि भएको थियो । 

Global Ime bank

यस्तै सोही उपनिर्वाचन प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं २, प्रदेशसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नं १ को क, बागलुङ क्षेत्र नंं २ को ख र दाङ क्षेत्र नं ३ को खमा पनि निर्वाचन भएको थियो । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC