site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव, पर्यटन क्षेत्रले गुमायो एक खर्ब
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ । मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए । “मन्त्रालयले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव गरेको छ । १ गते नै भएन भने पनि असोज १५ गतेदेखि खुला हुन्छ,” उनले भने । कोरोना संक्रमण कम भएका हिमाली एवं पहाडी क्षेत्रबाट आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न प्रस्ताव गरिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न पनि प्रस्ताव गरिएको छ । तर, विदेशी पर्यटक नेपाल आउँदा कोरोना परिक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । मन्त्रालयले हिमाल आरोहण र पदयात्रालाई खुला गर्न अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडान संख्या थप्‍न पनि सीसीएमसीमा प्रस्ताव लगेको छ ।

पर्यटन क्षेत्रले एक खर्ब गुमाइसक्यो
कोडिभ १९ का कारण नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँ गुमाएको अनुमान गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा एयरलाइन्ससमेत १५ खर्बबराबरको लगानी रहेको अनुमान छ । पर्यटन क्षेत्रले मात्रै मासिक १० अर्ब गुमाएको अनुमान रहेको मन्त्री भट्टराईले बताए । “पर्यटन क्षेत्रले मासिक १० अर्ब गुमाएको छ । अहिलेसम्म ६० अर्ब रुपैयाँ यो क्षेत्रले गुमाइसकेको छ भने सबै जोड्दा समग्र पर्यटन क्षेत्रले एक खर्ब गुमाएको अनुमान छ,” उनले भने । 

Global Ime bank

मन्त्री भटट्टराईले विदेशी पर्यटकलाई खुला गरे पनि तत्काल आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवर्द्धनलाई जोड दिइएको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको कार्यक्रममा उनले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिन साप्ताहिक बिदा दिने योजना बनाइरहेको बताए । “आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साप्ताहिक दुई दिन बिदाको अवधारणा अगाडि सारिएको छ । दुई दिन साप्ताहिक बिदा दिदा करिब ५० लाख आन्तरिक पर्यटक घुम्‍न निस्कने अपेक्षा गरेका छौं ।”

पर्यटन क्षेत्रमा १० लाख जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । तर, अहिले पर्यटन क्षेत्र ठप्प हुँदा उनीहरु पनि प्रभावित भएका छन् ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC