site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फागुनमा कसरी होला कांग्रेस महाधिवेशन ? ११ जिल्लामा अझै समायोजन भएन   
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिड–१९ महामारीका कारण कार्यतालिका बमोजिम कार्यसम्पादन हुन नसकेका कारण नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने देखिएको छ ।

महामारीका कारण परिमार्जित कार्यतालिकाअनुसार सम्पादन गर्नुपर्ने कामहरु सम्पन्न गर्न असहजता उत्पन्न भएपछि कांग्रेसकै नेताहरु पूर्वनिर्धारित मितिमा महाधिवेशन नहुने निष्कर्षमा पुगेका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित ‘बीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ विषयक ‘भर्चुअल’ विचार गोष्ठी सभापति शेरबहादुर देउवा स्वयम्ले पनि आगामी फागुन ७ गते महाधिवेशन आयोजना गर्न सकिने सहज वातावरण नभएको आशय व्यक्त गरेका छन् ।
उनले कोभिड–१९ महामारीका कारण महाधिवेशन पछाडि धकेलिने अवस्था आएकोसमेत स्वीकार गर्दै तोकिएको मितिमा महाधिवेशन हुन नसके सबैको सल्लाहमा नयाँ मिति तोकिने बताए ।

Agni Group

“अधिवेशन हुनुहुन्न भनेर म कहाँ भन्छु । कोरोनाका कारण हुन सकेन भने मैले के गर्न सक्छु र ? सबै साथीहरुले जे भन्नुहुन्छ म गर्न तयार छु । महाधिवेशन गर्नुपर्ने भए कहिले गर्ने, सार्नु पर्ने भए कहिले सार्ने,” सभापति देउवाले भने, “नेपालको संविधानले दिएभन्दा बढी त बढाउनै पाउँदैन, त्यो कुरा त मलाई पनि थाहा छ नि । त्यस कारण कसैले भन्नै पर्दैन ।”

‘भर्चुअल’ विचार गोष्ठीमा उपसभापति विजयकुमार गच्छदारले पनि कोभिड–१९ महामारीका कारण प्रभावित महाधिवेशनको कार्यतालिकामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

Global Ime bank

यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको भन्दै सभापति देउवासँग तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेका थिए । “१४ औं महाधिवेशनको तोकिएको कार्यतालिका प्रभावित भएको छ । अब महाधिवेशन फागुनमा हुन्न, छलफल गर्न केन्द्रीय समिति बोलाऔं,” उनले भनेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो ।

नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ । यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।  

विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नविकरणको काम सम्पन्न गर्न सकेको छैन । प्रदेश नम्बर २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले अन्तरिम संरचनाहरु समायोजन गर्न बाँकी छ । कांग्रेसले कोभिड–१९ को महामारीकै कारण संरचना समायोजनमा ढिलाइ भएको बताइरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका सचिव तथा सूचना अधिकारी केशव रिजालले कोभिड–१९ को महामारीले कार्यतालिकाअनुसार कार्यसम्पादनमा कठिनाइ भइरहेको बताए । “कार्यतालिकाले निर्धारण गरेको समयावधिमा समायोजन, नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम कोभिडले डिस्टर्ब भइरहेको छ,” उनले बाह्रखरीसँग भने ।

सूचना अधिकारी रिजालले असार २२ गते परिमार्जन गरिएको कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको पनि बताए । पार्टीको केन्द्रीय कार्यासमिति बैठक बसेर कार्यतालिकालाई संशोधन गर्ने उनको भनाइ छ । “महाधिवेशनको कार्यतालिका पुनःसंशोधन गर्नुपर्ने स्थिति देखिन्छ,” रिजालले भने, “पार्टीको बैठक बसेर पुरानो कार्यतालिकालाई चेन्ज गर्छ, नयाँ कार्यतालिका घोषणा गर्छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC