site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना महामारीकैबीच ६ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाका कारण बिदामा नेपाल फर्किएका तथा करार अवधि बाँकी रहेकाहरुले मंगलबारसम्म ६ हजार ९५ जना नेपालीले श्रम स्वीकृति पाए छन् । यसरी श्रम स्वीकृति पाउनेमा ५ हजार ६५५ पुरुष र ४४० महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको  छ  ।

कोरोना भाइरसको कारण रोजगारी गुमाएर विभिन्‍न ३० देशबाट बुधबारसम्म ५९ हजार ४७० जना नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् । उनीहरु ३८१ वटा चार्टर उडानमार्फत स्वदेश फर्किएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोरोना महामारीकै समयमा २४ हजार १३ जना नेपाली र विदेशी नागरिकहरु त्रिभुवन अन्तर्राष्टिय विमानस्थल हुँदै बाहिरिएको विमानस्थल स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले झन्डै पाँच महिनापछि भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । कोभिड १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्‍यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । सरकारले निश्‍चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्‍चालनको अनुमति दिएको हो ।

यस्तै, कोरोना भाइरसको महामारीको कारण करिब चार महिनादेखि रोकिएको श्रम स्वीकृति असार १८ बिहीबारदेखि खुला गरिएको थियो ।

Global Ime bank

बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय भएको थियो ।

करार अवधि समाप्त भइ पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिए, कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलका आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने प्रावधान छ ।

श्रम स्वीकृति लिन ‘नो अब्जेक्सन लेटर’ चाहिने

वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन नेपाली दूतावासबाट प्रमाणित भएको रोजगार दाता कम्पनीको 'नो अब्जेक्सन लेटर' (एनओसी)  बुझाउनु पर्ने भएको छ ।

भदौ १७ बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको ‘नो अब्जेक्सन लेटर’ नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने बताएको हो ।

पूर्व स्वीकृति लिने प्रकृयामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको 'एनओसी' नेपाली दूतावासबाट प्रमाणित गराइ अनिवार्य रुपमा पेश गर्नुपर्ने समेत उक्त सूचनामा उल्लेख छ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी भएका एनओसी वैदेशिक रोजगार कार्यालय, ताहाचलको आधिकारिक इमेलमा प्राप्त भएको हुनुपर्ने बताएको छ ।

वैदेशिक रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति प्रदान गरिएको देशगत विवरण यस्तो छ

ओमान ११६, माल्दिभ्स ४४, इजिप्ट १, न्युजिल्यान्ड ४, रुस २, युगान्डा २,  ब्रुरुनाइ २९ जना, कोच रिपब्लिक १, यूएई २ हजार ८६६, जोर्डन ६ जना, यूएसए १, मकाउ ५३, लेबनान ३ जना, कोच रिपब्लिक ८, माल्टा ५५, लिथुवानीया १,  मलेसिया ६२० जनाले श्रम स्वीकृती लिएका छन् । 

यस्तै रोमानिया १४, सेलेगल १, नाइजेरीया १, जिबुटी १, कुवेत १९९, कतार एक हजार २१३, फिनल्यान्ड १, थाइल्यान्ड १, कोरिया १५, बहराइन १२८, साइप्रस ७, सेसेल्स ९, बर्ममुडा १, इजराइल १०, जापान १५९, पोल्यान्ड ५६, साउदी अरब २६६, बुर्किना फासो १ छन् ।

यस्तै, विभिन्‍न २७ देशका जानको लागि पुरुष २०४ जना र महिला ३४ जना गरी जम्मा २३८ जनाले भिसा 'लिगलाइजेसन' गरेको वैदेशिक रोजगार विभागले जनाएको  छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC