site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
१० खर्ब रुख रोपेर पृथ्वीलाई जोगाउने विश्वास
Sarbottam CementSarbottam Cement

एजेन्सी । पछिल्लो ६ महिनादेखि विश्वका लगभग सबै देशलाई संक्रमित गराइरहेको कोरोना भाइरसले जनस्वास्थ्य र आर्थिक संकट उत्पन्न गराइरहेकै बेला अर्को ठूलो आपत्काल – ‘पृथ्वीको बढ्दो तापमान’ पनि नजरअन्दाज गर्न नसकिने अवस्थामा पुगेको छ । 

जलवायु परिवर्तनको प्रभाव कोभिड–१९ जस्तो तिव्र गतिमा नभएपनि यसले बिस्तारै वातावरणमा ठुल्ठुला परिवर्तन ल्याइरहेको प्रमाणित भइसकेको छ । यसैका कारण खडेरी, हुरीबतास, बाढी पहिरो लगायत प्रकोपले हरेक वर्ष लाखौँको ज्यान लिने गरेको छ । कोभिड जसरी यसले अर्थतन्त्र र स्वास्थ्यमा मात्र नभएर पूरै पृथ्वीलाई नै जोखिममा पारिरहेको छ जुन हाम्रो एक मात्र घर हो । यसको समाधानमा केही नगरे पृथ्वीले आगामी पीढीको जीवन धान्न नसक्ने अवस्था आउने वैज्ञानिकहरुले धेरैपटक चेतावनी दिइसकेका छन् । 

विज्ञहरुले यसको समाधानमा कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन न्युनिकरण गर्ने, समुद्रहरु सफा राख्ने, वन्यजन्तुको वासस्थान पुनःस्थापित गर्नमा लागी पर्ने लगायतका उपायहरु बताउँदै आएका छन् । यसका लागि वातावरण सम्बन्धी विज्ञ, संघसंस्था र सबै देशका सरकारले आ–आफ्नो तर्फबाट प्रयास गरिरहने प्रतिबद्धता जनाएका छन् जसमा प्रविधि, उचित नीति नियम, अधिक लगानी र सहकारिताको आवश्यक पर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्मको सबैभन्दा सस्तो र प्रभावकारी समाधान भनेको वनजङ्गल संरक्षण गर्नु र फडानी भएका ठाउँमा वृक्षरोपण गर्नु हो । किनकी जङ्गलले नै वातावरणबाट अतिरिक्त कार्बन सोसेर स्टोर गर्ने गरेको छ र सँगसँगै अक्सिजन उत्पादन पनि बढाउन सक्छ । तर यस किसिमको सन्तुलित इकोसिस्टम प्रक्रिया पछिल्लो समय नराम्ररी अवरुद्ध भएको छ । विगत १०० वर्षमा विश्वले आधा भन्दा बढी रुखबिरुवा गुमाइसकेको छ भने बाँकी रहेका करिब ३० खर्ब रुखहरु पनि जोखिममा छन् । जलवायु परिवर्तन विरुद्धको लडाईँमा तिनै बचेका रुखबिरुवाहरुले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएपनि तिनको उचित संरक्षण हुन सकिरहेको छैन । 

वन फडानीका साथै आगलागीले पनि यतिखेर ठुल्ठुला वन क्षेत्र जस्तै अमेजोन, क्यालिफोर्निया लगायतमा धेरै विनाश गरिसकेको छ । यसमा प्रायः जसो मान्छेले कृषिजन्य कामका लागि जानिजानि त्यसरी आगो लगाउने गरेको पाइन्छ । पृथ्वीको स्वास्थ्य भन्दा मान्छेले कृषि र खेतीलाई बढी प्राथमिकतामा राख्दै आएका छन् । यसैगरी वनफडानी अन्त्य गर्ने विषय पनि यतिखेर चरम बिन्दुमा पुगिसकेको छ । 

Global Ime bank

यसैकारण पृथ्वीलाई बचाउन तत्कालै यी कदमहरु आवश्यक रहेको कुरा बुझेका वातावरणविद् र कोर्पोरेट लिडरहरुले एकसाथ मिलेर ‘ट्रिलियन ट्रि च्यालेन्ज’ अर्थात १० खर्ब रुख रोप्ने अभियान सुरु गरेका छन् जसमा व्यवसायीहरुले पनि रुची सहभागीता जनाएका छन् । यो अभियान अन्र्तगत पृथ्वीमा २०३० सम्म १० अर्ब रुख रोपिनेछ । युवा अभियन्ता र गैरसरकारी संस्था सहित अमेरिका लगायत विभिन्न देशका सरकारहरुले यसमा सहभागी भइ वातावरणीय समस्याको समाधानमा पूर्ण समर्थन जनाइसकेका छन् । 

यदि यो अभियान सफल हुने हो भने आगामी दशकसम्म २०० गिगाटन सम्म कार्बन सोस्न सकिनेछ जुन औद्योगिक क्रान्ति सुरु भएदेखि उत्पन्न प्रदुषणको दुई तिहाइ बराबर हुन्छ । तर यसमा भर्खरका रुखबिरुवाहरुले पुराना वनजङ्गल जसरी कार्बन सोस्न नसक्ने हुँदा यसका लागि अझ धेरै समय लाग्नेछ । यसकारण पनि वृक्षरोपण सँगै अहिलेका वनजङ्गल जोगाउन पनि उत्तिकै महत्वपूर्ण रहेको छ । 

१० खर्ब भनेको धेरै ठूलो सङ्ख्या भएकाले पनि यो काम सजिलो हुनेछैन । तर प्रत्येकको व्यक्तिगत सहभागीताले अभियानलाई सफल पार्न ठूलो सहयोग पुर्याउने बताइएको छ । जस्तै छरछिमेकमा वा आफ्नै घर वरपरको खालि जग्गामा रुख बिरुवा रोप्ने, बिउहरु दान गर्ने, वन संरक्षणका कार्यक्रमहरुमा सक्रिय भएर सहभागीता गराउने जस्ता काम सबै देशले गर्न सक्छन् । यतिखेर जलवायु परिवर्त एकजनाको नभएर पूरै मानव जगत्कै लागि ठूलो चुनौति बनेको छ । र अझैपनि मान्छेले चाहने हो भने अर्थतन्त्रमा असर नपुर्याइ वनजङ्गल संरक्षण गर्न सक्छ । पृथ्वी सबैको साझा घर भएकाले पनि यस किसिमको सहकारिता र परिवर्तन जरुरी भइसकेको छ ।

टाइम 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC