site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना निको हुने दर बढ्दै, पछिल्लो ८ दिनमा ११ हजार ७०४ जना डिस्चार्ज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार निको हुनेको दर ६८.८ प्रतिशत हो । पछिल्लो आठ दिनको तथ्याकं हेर्दा देशैभर ११ हजार ७०४ जना कोरोना संक्रमण निको भएका छन् । 

गत भदौ १७ गतेदेखि भदौ २४ गतेसम्म ११ हजार ७०४ जना कोरोना निको भएका हुन् । तर सोही आठ दिनमा कोरोना संक्रमित आठ हजार ६९० जना थपिएका छन् । दुबै तथ्यांक हेर्दा कोरोना संक्रमित थपिनेभन्दा निको हुनेको दर तीन हजार १४ जनाले बढी देखिन्छ ।

पछिल्लो आठ दिनमै कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१२ जना पुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो आठ दिनमा कुन दिन कति डिस्चार्ज 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भदौ १७ गते एक हजार ११२ जना संक्रमित निको भएका थिए ।  भदौ १८ गते ९१७ जना कोरोना निको भएर अस्पताल तथा आइसोलेनबाट डिस्चार्ज भएका थिए । भदौ १९ गते एक हजार ५३४ जना कोरोना संक्रमित निको भएका थिए । भदौ २० गते एक हजार ५६६ जना कोरोना संक्रमित डिस्चार्ज भए । 

Global Ime bank


भदौ २१ गते एक हजार ८१४ जना, भदौ २२ गते एक हजार ७३६ जना र भदौ २३ गते दुई हजार २८७ जना कोरोना संक्रमित निको भए  । भदौ २४ गते बुधबार कोरोना संक्रमणको उपचार गराइरहेका ९१८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

पछिल्लो ८ दिनमा कति कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याकं अनुसार देशैभर भदौ १७ गते एक हजार १२० जना कोरोना थपिएका थिए । 

भदौ १८ गते एक हजार २२८ जना, भदौ १९ गते एक हजार ३५९ जना, भदौ २० गते एक हजार ४१ जना, भदौ २१ गते ९८० जना, भदौ २२ गते ९७९ जना  र भदौ २३ गते ९०२ जना कोरोना संक्रमित थपिएका थिए । 

भदौ २४ गते बुधबार देशैभर एक हजार ८१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC